बेलबारी नगर अस्पतालमा १० महिनामा झण्डै ५० हजारले गराए उपचार
- ३० जेष्ठ २०८२, बिहीबार
बेलबारी नगर अस्पतालमा २०८१ साउनदेखि बैशाख मसान्तसम्ममा चेक जाँच तथा उपचारका लागि कूल ४७ हजार ३ सय २ जना बिरामीहरु आएका छन् ।
स्वास्थ्य जाँच र उपचारका धेरैजसो सुबिधा उपलब्ध भएपछि बेलबारी नगर अस्पतालमा मा बिरामीहरु बढेका हुन् । शनिबार र सार्वजनिक बिदाको दिन बाहेक दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मसेवा दिइदै आएको नगर अस्पतालमा रगत, दिशा, पिसाब र खकारका सबैखाले जाँचसहित दैनिक एक्सरे, भिडियो एक्सरेसमेतको सेवा उपलब्ध छ । एमडी र एमबीबीएस डाक्टरहरुबाट समेत उपचार सेवा दिईंदै आएको नगर अस्पतालमा हाल १ जना बिशेषज्ञ र २ जना एमबीबीएस डाक्टर एवम् स्वास्थ्यकर्र्मीसहित ३४ जना कर्मचारी छन् ।
अस्पताल ब्यबस्थापन समिति अध्यक्ष समेत रहेका बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले आफूहरु निर्वाचित भएयता नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यान्वयनमा ल्याइएको र बिषेशज्ञ सेवा सहित सबै खाले स्वास्थ्य उपचारको सुबिधा समेत थप गरेको बताए । सबै खाले उपचार र स्वास्थ्य बिमाको सेवा उपलब्ध भएपछि हाल नगर अस्पतालमा नगर क्षेत्रबाट मात्र नभई आसपासका पालिकाबाट पनि स्वास्थ्य बिमा गरेका बिरामीहरु आउने क्रम बढेको मेयर राइले जानकारी दिए । ७ वटा बेड सञ्चालनमा रहेको अस्पतालमा हाल दैनिक सरदर २ सय बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य बिमाका लागि ३५ सय पनि तिर्न नसक्ने नगरबासीलाइ नगरपालिकले वडा मार्फत ५० देखि सत प्रतिशतसम्म ब्यहोरेर बिमा गराउने गरेको छ । जनता उपचार कोशको सेवा लिने क्यान्सरजन्य रोगका बिरामीहरुलाइ पनि सचेतना जगाइ बीमा गर्न लगाइएकोले पनि बिमा गर्नेहरुको संख्या बढेको मेयर राइले बताए ।
सबैजसो जाँच र उपचार सेवा उपलब्ध भएपनि नगर अस्पताल बेलबारी १ मा अबस्थित साबिक बेलबारी प्राथमिक स्वास्थ्य चौकी परिसरमा सञ्चालन भइरहेको छ । पर्याप्त भवन नहुँदा अस्पताल प्रशासन भाडामा समेत सञ्चालन हँदै आएको छ । नगर अस्पतालका लागि करोडौं लागतमा बेलबारी ४ मा सुबिधा सम्पन्न अत्याधुनिक भवन निर्माण सम्पन्न भएपनि प्रदेश प्रहरी अस्पताल बेलबारीमा पुनस्थापित हुने र तत्कालका लागि प्रदेश प्रहरी अस्पताल नगर अस्पतालको नयाँ भवनमा सञ्चालन हुने आशामा नयाँ भवनमा नगर अस्पताल सर्ने टुङ्गो लाग्न सकेको छैन ।
नगर क्षेत्रमा पछिल्लो समय स्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै गएको छ । केही समय अघिको तथ्यांक अनुसार अस्पतालमा बिमा गरेका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । ८० प्रतिशत र बिमा नगर्ने बिरामीहरु १९ प्रतिशत हुन आउँछ । अस्पतालमा ९० प्रतिशत मानिसहरु रोगको शंकामा जँचाउनका लासग र १० प्रतिशत बास्तबिक बिरामीहरु आउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । नगर अस्पतालमा पहिलोपटक उपचार गर्न आएकी बेलबारी ४ की सरस्वती राईले नगर अस्पतालले दिने सेवा सुबिधा आफूलाइ राम्रै लागेको बताइन् ।
बिक्रम सम्बत २०७८ को जनसंख्या अन्सार बेलबारी नगरपालिकाको कूल जनसंख्या ८१ हजार ७ सय ७१ छ । बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार केहस् समय अघिसम्म बेलबारी बिमा गर्नेहरुको संख्या कूल संख्या ४६ हजार ८ सय ४९ छ ।









