कक्षा ७ देखि नै ट्युसन कक्षा संचालन गराउने बेलबारी नगरपालिकाको योजना
- ३२ जेष्ठ २०८२, शनिबार
अघिल्लो बर्ष कक्षा ८ र १० मा अध्ययनरल विद्यार्थीहरुलालइ गणित र विज्ञान बिषयमा अतिरिक्त कक्षाको कार्यक्रम सञ्चालन गरेको बेलबारी नगरपालिकाले यस बर्ष कक्ष्ाँा ७ देखि नै सो कार्यक्रमलाइ निरन्तरता दिने योजना बनाएको छ ।
अघिल्लो बर्ष सञ्चालित कार्यक्रमबाट डेढ दर्जनभन्दा बढी सामुदायिक विद्यालयका एक हजार चार सयभन्दा बढी विद्यार्थीहरुले लाभ लिइ शिक्षाको गुणस्तर तथा नतिजा सुधार हुने संकेत देखिएपछि नगरपालिकाले कक्षा बिस्तारसहित सो कार्यक्रमलाइ ािरन्तरता दिने भएको हो । बेलबारी नगरपालिकाका नगर प्रमूख दिलप्रसाद राइले बिभिन्न कार्यक्रमहरुमा अतिरिक्त कक्षाको कार्यक्रमलाइ निरन्तरता दिँदै यो बर्ष कक्षा ७ देखि नै सो कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । नगरपालिकाले निति तथा कार्यक्रममा नै समेटेर यो कार्यक्रमलाइ निरन्तरता दिने नगरपालिकाको योजना रहेको बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख एलिना बस्नेतले बताइन् ।
बिगतमा खासगरी कक्षा ८ र एसईइको परीक्षामा अपेक्षित नतिजा नआएपछिे अघिल्ले बर्ष २०८१ असिज ६ गते नगरपालिकाले एक सूचना प्रकाशित गरीे सामुदायिक विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावकहरुलाइ आ(आफ्ना छोराछोरी पढिरहेकोे सामुदायिक विद्यालयहरुमा २०८१ फागुन मसान्तसम्म अतिरिक्त कक्षा कार्यक्रममा सहभागी गराउन आव्हान गरको थियो ।
नगरपालिकाले कक्षा ८ का विद्यार्थी पढाएबापत प्रति कक्षा ५ हजार रुपैयाँ र र कक्षा १० का विद्यार्थीको अढाइ बापत प्रति कक्षा ६ हजार ५ सय ) रुपैयाँका दरले विद्यालयलाइ अनुदान दिने घोषणा गरेको थियो । जस अनुसार नगर क्षेत्रका १९ वटा सामुदायिक विद्यालयहरुले अतिरिक्त कक्षा संचालन गरेका थिए ।
बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख एलिना बस्नेतका अनुसार अघिल्लो बर्ष कक्षा ८ मा अध्ययनरत मध्ये ७ सय १४ जना कक्षा १० मा अध्ययनरत कूल ७ सय ३० विद्यार्थीहरुले अतिरिक्त कक्षा लिएका थिए ।
अतिरिक्त कक्षा संचालन गर्ने विद्यालयहरुमध्ये बेलबारी ८ मा रहेको श्री जनता नमूना माविले सबैभन्दा बढी कक्षा ८ मा ७५ र कक्षा १० मा १ सय ३४ जना गरी २ सय ९ जना विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेकोे बेलबारी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । त्यस्तै बेलबारी ११ मा अबस्थित लक्ष्मी माविले कक्षा ८ का ९४ जना र कक्षा १० का १ सय २० जना विद्यार्थीहरुका लागि २०८१ मंसिरदेखि फागुन मसान्तसम्म अतिरिक्त कक्षा संचालन गरेको थियो ।
अघिल्लै बर्ष बेलबारी ३ स्थित भगवती माविले कक्षा ८ का ६१ र १० मा अध्ययनरत ७२ जना गरी कूल १ सय ३३ जना विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा संचालन गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार बेलबारी १० मा रहेको महेन्द्र माविले कक्षा ८ का ३५ र कक्षा १० का ३६ जना, बेलबारी ६ को वीरेन्द्र माविमा कक्षा ८ मा ३५ र १० मा ३० जना, धनपाल माविमा कक्षा ८ मा कक्षा ८ मा ५२ र कक्षा १० मा ५६ जनाले, बेलबारी ४ को कसेनी माविले कक्षा ८ का ४५ र १० का ५२ जना विद्यार्थीले अतिरिक्त कक्षा लिएका थिए ।
त्यस्तै बेलबारी ९ को काली माविले कक्षा ८ र १० का क्रमशः ३० र ४४ जना, बेलबारी १० को धिरनाथ सम्फुल माविले पचास/पचास जना, बेलबारी २ को कविर माविले ४८ र ६० जना र बेलबारी १ नक्सालमा रहेको जनता माविले कक्षा ८ मा अध्ययनरत ३७ जना र कक्षा १० मा अध्ययनरत ३२ जना विद्यार्थीलाइ अतिरिक्त कक्षा दिएको थियो ।
त्यसैगरी कक्षा ८ को अतिरिक्त कक्षा संचालन गर्ने विद्यालयहरुमा बेलबारी ७ को रामजानकी आधारभूत विद्यालय, बेलबारी ६ को महेन्द्र आधारभूत विद्यालय, बेलबारी ९ को दिपज्योती आधारभूत विद्यालय, बेलबारी ४ को पन्चज्योति आधारभूत विद्यालय, बेलबारी ४ कै पन्चायत आधारभूत विद्यालय, बेलबारी ७ को देवकोटा आधारभूत विद्यालय र बेलबारी ५ को महेन्द्र आधारभूत विद्यालय छन् ।
नगरपालिकाको सहयोगमा चलाइएको अतिरिक्त कक्षा कार्यक्रम निकै फलदायी भएको र विद्यार्थीहरुले राम्रो लाभ लिएको बेलबारी १० को महेन्द्र मावि की शिक्षिका दीक्षा तुम्साले बताइन् ।
बेलबारीका एक दर्जन सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून
बेलबारी नगरपालिकाले केही महिना अघि विद्यालयहरुको अनुगमन गर्दा १३ वटा सामुदायिक विद्यालयहरुमा विद्याथी संख्या न्यून भएको पाइएको थियो । अनुगमनपछि नगरपालिकाको शिक्षा शाखाले ती विद्यालयहरु एक आपसमा वा अन्य विद्यालयसँग एकीकरण (मर्जर) मा जानुपर्ने निष्कर्ष निकालेको थियो । ती विद्यालयहरुलाइ यस बर्ष शैक्षिक शत्रको शुरुतिर एकीकरणको प्रकृयामा लैजाने नगरपालिकाको योजना पनि थियो । तर शैक्षिक शत्रको शुरुमै लामो समयसम्म सामुदायिक विद्यालयहरु बन्द भएपछि यो योजना लथालिङ्ग भयो । तर यसबर्षको शैक्षिक शत्र हालसालै शुरु भई भर्ना अभियान चलिरहेकोले ती विद्यालयहरुमध्ये कतिपयले विद्यार्थी थप गर्ने अपेक्षा नगरपालिकाले गरेको छ । तर ती विद्यालयहरु कुन् कुन् हुन्, सार्वजनिक गरिएको छैन । – संयन्त्र साप्ताकिकबाट









