मोरङका कुन पालिकाको कस्तो आयो बजेट ?
- ११ असार २०८२, बुधबार
मोरङका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।
बेलबारी नगरपालिकाः १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँमोरङको बेलबारी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२ । ०८३ का लागि १ अर्व ९ करोड ४५ लाख ४७ हजार सय रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८४ करोड ८ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ। गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष मनमाया मगरले बजेट प्रस्तुत गर्दै स्थानीय सरकारको आर्थिक प्राथमिकता, चुनौती र आगामी वर्षको योजनाबद्ध कार्यदिशाको स्पष्ट खाका सार्वजनिक गरेकी हुन्।
सुन्दरहरैँचा नगरपालिकाकाे आगामी आर्थिक वर्षको वार्षिक बजेट मंगलबार नगरसभाकाे साेह्राैँ अधिवेशनमा प्रस्तुत गर्दै नगर उपप्रमुख अकली चाैधरी । आगामी आर्थिक वर्षको बजेट १ अर्ब ७१ कराेड २७ लाख ५९ हजार १८० रूपैयाँ रहेको छ । चालू खर्च ८२ कराेड ६२ लाख ९० हजार तथा पूँजीगत खर्च ८७ कराेड ९९ लाख ६९ हजार साथै वित्तीय व्यवस्थापनमा ६५ लाख रूपैयाँ संञ्चित काेषबाट विनियाेजन हुने रकम भएको उल्लेख गरिएको छ ।
लेटाङ नगरपालिकाः ६१ करोड छ लाख २८ हजार दुई सयलेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ६१ करोड छ लाख २८ हजार दुई सय रुपैयाँको बजेट ल्याएको छ । मंगलबार बसेको लेटाङ नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम नगरसभाले सर्वसहमतिमा पारित गरेको हो । ६१ करोड छ लाख २८ हजार दुई सय रुपैयाँको बजेटमध्ये चालुतर्फ ४२ करोड १७ लाख ६० हजार चार सय र पुँजिगततर्फ १८ करोड ८८ लाख ६७ हजार आठ सय रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले ससर्त वाहेक विषयगततर्फ सबै भन्दा वढी बजेट शिक्षामा १ करोड ८३ छुट्याएको छ ।
विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख
उर्लाबारी नगरपालिकाः १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
त्यस्तै रतुवामाई नगरपालिकाः ८३ करोड ८५ लाख ११ हजार रुपैयाँको बजेट ल्याएको छ ।
त्यसैगरी मिक्लाजुङ गाउँपालिकाले ७९ करोड ९२ लाख ४९ हजार ८ सय ७० रुपैयाँ, धनपालथान गाउँपालिकाले ५९ करोड १८ लाख ७३ हजार ३ सय ११ रुपैयाँ
र केराबारी गाउँपालिकाले ८४ करोड,८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएका छन् ।









