पथरी शनिश्चरे नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

  • १३ असार २०८२, शुक्रबार

मोरङको पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८२ /०८३ को नीति, कार्यक्रम तथा बजेट एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।

बिहीबार नगरपालिकाको सभाहलमा आयोजित सो सम्मेलनमा नगरपालिकाले वडा नं १० मा निर्माणाधीन प्रशासनिक भवनको निर्माणलाई महत्त्वका साथ बजेट विनियोजन गरेको छ।
नगरकी उप- प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन मार्फत हाल निर्माण भइरहेको प्रशासनिक भवन निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको नगर प्रवक्ता तथा वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो।
उहाँले नगर अस्पतालको फार्मेसी सञ्चालन गर्नका लागि दोस्रो प्राथमिकतामा राख्दै २ करोड बिउ पुँजीको बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो।
उक्त सम्मेलनमा वडा नम्बर ८ मा रहेको बुद्ध मावि भवन निर्माणका लागि १ करोड , नगरपालिकाको सहयोग र भर, घरविहीनलाई सुरक्षित घर नामक निर्माण कार्यक्रमलाई निरन्तरता दिइने, प्राविधिक शिक्षामा अनुदान सक्षम जनशक्ति उत्पादन भन्ने अभियानका साथ प्राविधिक तथा शैक्षिक कार्यक्रम अगाडि बढाइने, नगरभित्रको फोहर मैला व्यवस्थापन गर्ने, महिलाहरूको आङ खस्ने समस्या मुक्त नगरपालिका निर्माण गर्ने, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई कोशी प्रदेशभित्रका विभिन्न अस्पतालहरु जानका लागि निशुल्क एम्बुलेन्स सञ्चालन गर्ने, पथरी बहुमुखी क्याम्पसलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिने, माटो बचाउ अभियान अन्तर्गत माटो परीक्षण र उपचार शिविर सञ्चालन गरी जैविक मलको प्रयोगमा प्रोत्साहन गर्ने, जस्ता नीति, कार्यक्रम तथा बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताउनुभयो।
सोही सम्मेलन मार्फत नगरपालिकाको स्थापना भए देखिको २५ करोड ३० लाख ९३ हजार रूपैयाँ लाई घटाएर आर्थिक वर्ष ०८१ /०८२ मा ६ करोड ९२ लाख ८३ हजार १८७ पुन फर्चोट गरी हाल सम्ममा कुल बेरुजु ११ करोड ४९ लाख८४ हजार ४७३ मा कायम गरिएको उल्लेख गरिएको छ।
गत मंगलवार आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम तथा बजेट सम्बन्धी १७ औं नगरसभा सम्पन्न भएको थियो।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको उक्त नगरप्रमुख मोहनप्रसाद तुम्वापोले नगरसभा समक्ष आगामी आर्थिक वर्षको लागि कूल ८१ करोड ९९ लाख ११ हजारको वजेट प्रस्तुत गर्नुभएको थियो।
पूर्वी मोरङका डेढ दर्जन सञ्चारकर्मीहरूको उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनमा
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मिना तामाङ, लगायतको उपस्थिति रहेको थियो ।