खुल्यो है मिस इ-कलेज २०१९ को लागि आवेदन फारम

  • १७ माघ २०७५, बिहीबार

 विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को  नवौैैं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखी मिस ई-कलेज २०१९” को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताए ।
कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई  सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको पन्तले बताए  ।
विगत १० वर्षदेखि काठमाण्डौंंमा  रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो नवौं चरणको लागि आवेदन फारम खुल्ला गरेको हो ।
उक्त कार्यक्रममा   विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई  सहभागी गराइने छ ।  …Student’s personality education and beauty Ú  ’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत छात्राहरुलाई सहभागी गराइने छ ।
उक्त कार्यक्रमको लागि सहभागीताको लागि माघ तेस्रो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा फाल्गुनको अन्तिम साता राजधानीमा  हुनेछ ।
प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१९” कोे ताज उपाधि सहित सुजुकी लेट्स स्कुटर र उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छिन भने वाली भ्रमण गर्नको लागि हवाइ टिकट साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइल फोन तथा अष्टेलियाको लागि छात्रवृत्ति साथै वाली भ्रमण गर्नको लागि हवाई टिकट पाउने छन्  । अन्य विभिन्न गिफ्टहयाम्परहरु प्राप्त गर्नेछन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिने आयोजकले जनाएको छ   ।