बेलबारी ३ स्थित लोहन्द्रा खोलामा शवदाह स्थल निर्माण, मेयरद्वारा उद्घाटन
- २१ जेष्ठ २०८२, मंगलवार


बेलबारी ३ स्थित लोहन्द्रा खोलामा निर्माण भएको लोहन्द्रा गंगा धाम (शवदाह स्थल ) उदघाटन भएको छ ।
केन्द्रिय सरकारको ७० लाख बजेटमा निर्मित शबदाहको सोमबार उद्घाटन गरिएको हो ।
सोमबार बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाले शवदाह स्थल उद्घाटन गरेका छन् ।
करिब ४ करोड लागत अनुमान गरिएको घाटमा दुइवटा शबदाहस्थल छन् । घाटमा मोटर समेत जडान गरिएको छ । खानेपानी, बिजुली शौचालय लगायतको सुबिधा भएको घाट निर्माणका लागि संघीय सरकारले दिएको ७० लाखसँगै विभिन्न दाताहरूबाट ३० लाख रुपैयाँ संकलन भएको लोहन्द्रा गंगा धाम निर्माण समितिका अध्यक्ष प्रतापकुमार थापाले बताए । गंगा धाममा १ सयजना अट्ने विश्राम स्थल समेत निर्माण भएको छ । धाममा मन्दिर, बगैंचा आदि समेत निर्माण हुनेछन् ।
बेलबारी नगरपालिकाका प्रमुख दिलरसाद राइले आफ्नो कार्यकालमा बेलबारीमा शबदाह स्थल निर्माण गर्न पाएकोमा आफुलाइ गर्व महसुस भएको बताए ।
दाउरा राख्ने घर, किरियापुत्री घर लगायत निर्माणको काम अझै बाँकी रहेको र निर्माण सक्न अझै ६ महिनादेखि १ बर्ष लाग्ने थापाले जानकारी दिए ।
लोहोन्द्रा खोला किनारमा अन्तिम संस्कार गर्दागर्दै दुई बर्षअघि खोलाले शव बगाएपछि मेयर राइले शबदाहस्थल निर्माण गर्ने घोषणा गरेका थिए ।
शवदाहस्थल नहुँदा करिब २ बर्षअघि सो खोलाले अन्तिम संस्कार गर्दागर्दै शव बगाएको थियो ।
सांसद सुवेदीकी आमाको अन्त्येष्टि
कोशी प्रदेश सभा सदस्य तथा नेकपा (एमाले), कोशी प्रदेश सदस्य मोरङ्को बेलबारी निबासी ज्ञानेन्द्र सुवेदी लाई मातृशोक परेको छ ।
सांसद आमा टीकादेवी सुवेदीको शनिबार दिउँसो विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । टीकादेवीको उद्घाटन भएकै दिन सोमबार लोहन्द्रा गंगा धाममा अन्त्येष्टि गरिएको छ ।









