सडक बिभागले २७ करोड इष्टिमेट गरेको पुल गाउँपालिकाले बनायो २ करोड ९० लाखमै
- ११ जेष्ठ २०८२, शनिबार


झापाको हल्दिबारी गाउँपालिकाले सडक विभागले अनुमान गरेको २७ करोड रुपैयाँ लागत पर्ने पुल जम्मा २ करोड ९० लाख रुपैयाँमा निर्माण गरेर उदाहरणीय काम गरेको छ।
स्थानीय स्रोत र प्रविधिको दक्ष प्रयोगमार्फत निर्माण सम्पन्न गरिएको यो पुल भ्रष्टाचार नियन्त्रण र पारदर्शी बजेट उपयोगको उत्कृष्ट नमुना बनेको छ।
स्थानीय तहको दृढ इच्छाशक्ति र नेतृत्व क्षमताले ठूलो लागतमा हुने भनिएका पूर्वाधार निर्माण पनि कम खर्चमा सम्भव हुने देखाएको छ।









