सुनिललाल जोशी स्मृती तेश्रो भारोत्तोलन प्रतियोगितामा ४७ वटा राष्ट्रिय कीर्तिमान
- ३१ श्रावण २०७६, शुक्रबार
नेपाल पैहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ्ग तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेष्ट्र खेलाडी घोषित भएका छन् ।
उनीहरुले स्ट्रङ्गुष्टको ब्यानेटका साथै ट्रफी, प्रमाण पत्र र नगद १० हजार प्राप्त गरे ।
पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा महिला तर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए ।
उदियमान खेलाडीमा पुरुष तर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित भए ।
बुधबार ढिलोगरी सम्पन्न भएको प्रतियोगिताको पुरुष १०९ केजी माथिको तौलमा स्ट्रङ्गेष्ट खेलाडी सेनाका पुकारले तीनै विधामा राष्ट्रिय किर्तिमान कायम गरे । उलने आफ्नै नाममा आठौ राष्ट्रिय खेलकुदमा राखेको स्नाचमा १२६ केजीमा सुधार गर्दै १२७ केजी र क्लिन एण्ड जर्कमा १५० केजीमा सुधार गर्दै १५१ केजी भार बहनका साथ कुलमा पनि २७६ बाट २७८ केजीका साथ किर्तिमान राखेका हुने । दौश्रो स्थानमा रहेका नेपाल पुलिसका राजीव महर्जनले ९५ स्नाचमा, ११७ क्लिनमा गरि कुलमा २१२ केजी उचाले ।
१०९ केजी तौलमा सिनियरमा पुलिसका संदेश गुरुङ्गले स्नाचमा १०६, क्लिनमा १३५ गरि कुल २४१ भार बहन गरे । उनले स्नाचमा आफ्नै नाममा रहेको १०० केजी तौलमा सुधार गर्दै १०६ केजी भार उचालेका थिए । जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एण्ड जर्क र कुलमा किर्तिमान बनाए । उनले क्लिनमा संदेशको नाममा रहेको १३८ केजीलाई उछिन्दै १४७ केजी र कुलमा संदेशकै नाममा रहेको २३८ केजीलाई उछिन्दै २४७ केजीका साथ किर्तिमान राखेका हुन् । सारगले स्नाचमा १०५ केजी भार बहन गरे ।
१०२ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै बिधामा किर्तिमान राखे । स्नाचमा १०३, क्लिनमा १३० र कुलमा २३३ केजी उचाले । यस अघि सागर भण्डारीले आठौमा स्नाचमा १०२, क्लिनमा १२२ र कुलमा २२४ को किर्तिमान राखेका थिए । दोश्रो स्थानमा रोशन बि.क.ले ७०, १०० र १७० को भार बहन गरे ।
९६ केजी तौलमा नेपाल पुलिसका गगन चन्दले स्नाचमा ९८, क्लिनमा १३० र कुलमा २३८ गरि स्वर्ण, पुलिसकै श्रीकृष्ण महर्जनले स्नाचमा ९०, क्लिनमा १० र कुलमा १९८ केजीका साथ रजत तथा एपिएफका देवेन्द्र बि.क.ले स्नाचमा ८५, क्लिनमा १०७ र कुलमा १९२ केजीका साथ कास्य पाए ।
राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीहरुले नगद १ हजार प्राप्त गरे । पुरुष तर्फ २४ र महिला तर्फ २३ राष्ट्रिय किर्तिमान कायम भएका थिए । उदियमान तथा बेष्ट लिफ्टरले प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तीन बिभागिय टोली जिल्ला तथा क्लबका करिव १०० जना खेलाडीहरुले ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।