नोबेलमा ओपीडीको सट्टा आकस्मिक कक्षबाट उपचार गरिंदै, अस्पताललाई गरियो ‘सेनिटाइज’

  • २९ श्रावण २०७७, बिहीबार

कोरोना संक्रमण रोकथामका लागि नोेबेल शिक्षण अस्पताललाई ‘सेनिटाईज’ गरिएको छ ।         अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले अस्पताल क्षेत्रलाई सेनिटाईज गरेको हो ।

बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, कर्मचारी लगायतमा कोरोना संक्रमणको जोखिम कम गर्न अस्पतालको बाहिरी भाग तथा भवन भित्रका सबै बिभागलाई सेनिटाईज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि अस्पताल अगाडी हात धुने र सेनिटाईजर लगाउने व्यवस्था पनि मिलाईएको छ ।

बिराटनगर आसपास क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा फैलदै गएपछि नोबेलले गत आईतबारबाट ओपीडी बन्द गरेर आकस्मिक कक्षबाट उपचार सेवा प्रदान गर्दै आएको छ ।