बेलबारी नगर क्षेत्रमास्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै
- १३ फाल्गुन २०८१, मंगलवार
बेलबारी नगर क्षेत्रमा पछिल्लो समय स्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै गएको छ ।
नगर अस्पतालमा चेक जाँच तथा उपचार गर्न आएका बिरामीहरुका बिवरणका आधारमा नगर क्षेत्रमा स्वास्थ्य बिमा गर्नेहरु बढ्दै गएको देखिएको हो । अस्पताल प्रशासनका अनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा बेलबारी नगर अस्पतालमा कूल २५ हजार १ सय ९७ जना बिरामीहरु अस्पताल आएका थिए । अस्पताल आउने कूल २५ हजार बिरामीमध्ये बिमा गरेका बिरामीहरुको संख्या २० हजार ४ सय ४४ र बिमा नगरेका बिरामीहरुको संख्या ४ हजार ७ सय ५३ रहेको बेलबारी नगर अस्पतालका प्रमूख नरबहादुर श्रेष्ठले जानकारी दिए । सो तथ्याङका आधारमा बिमा गर्ने बिरामीहरु ८१ प्रतिशत र बिमा नगर्ने बिरामीहरु १९ प्रतिशत हुन आउँछ । अस्पतालमा ९० प्रतिशत रोगको शंकामा जँचाउन र १० प्रतिशत बास्तबिक बिरामीहरु आउने गरेको र सर्नेभन्दा नसर्ने रोगका बिरामीहरु बढी आउने गरेको श्रेष्ठले बताए ।
बेलबारी नगर अस्पतालमा हाल स्वास्थ्य जाँच र उपचारका धेरैजसो सुबिधा उपलब्ध छन्् । शनिबार र सार्वजनिक बिदाको दिन बाहेक दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मसेवा दिइदै आएको नगर अस्पतालमा रगत, दिशा, पिसाब र खकारका सबैखाले जाँचसहित दैनिक एक्सरे, भिडियो एक्सरेसमेतको सेवा उपलब्ध छ । एमडी र एमबीबीएस डाक्टरहरुबाट समेत उपचार सेवा दिईंदै आएको नगर अस्पतालमा हाल १ जना बिशेषज्ञ र २ जना एमबीबीएस डाक्टर एवम् स्वास्थ्यकर्मीसहित २७ जना कर्मचारी छन् ।
नगर अस्पतालमा उपचार गराउन आएका बेलबारी १ का कमल पाठकले अस्पतालमा उपचार सुबिधा राम्रै भएपनि सेवा छिटो छरितो नहँुदा बिषेश गरी अशक्त र बृद्धबृद्धाहरुलाइ बढी कठिनाइ भइरहेको बताए ।
अस्पताल ब्यबस्थापन समिति अध्यक्ष समेत रहेका बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले आफूहरु निर्वाचित भएयता नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यान्वयनमा ल्याइएको र बिषेशज्ञ सेवा सहित सबै खाले स्वास्थ्य उपचारको सुबिधा समेत थप गरेको बताए । सबै खाले उपचार र स्वास्थ्य बिमाको सेवा उपलब्ध भएपछि हाल नगर अस्पतालमा नगर क्षेत्रबाट मात्र नभई आसपासका पालिकाबाट पनि स्वास्थ्य बिमा गरेका बिरामीहरु आउने क्रम बढेको मेयर राइले जानकारी दिए ।
७ वटा बेड सञ्चालनमा रहेको अस्पतालमा हाल दैनिक सरदर २ सय बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
नगर अस्पतालमा पहिलोपटक उपचार गर्न आएकी बेलबारी ४ की सरस्वती राईले नगर अस्पतालले दिने सेवा सुबिधा आफूलाइ राम्रै लागेको बताइन् ।
तर बेलबारी नगरपालिकाको कूल जनसंख्याका आधारमा भने बिमा गर्नेहरु …….. प्रतिशत मात्रै छन् । बिक्रम सम्बत २०७८ को जनसंख्या अन्सार बेलबारी नगरपालिकाको कूल जनसंख्या ८१ हजार ७ सय ७१ छ । बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बेलबारी बिमा गर्नेहरुको संख्या कूल संख्या भने ४६ हजार ८ सय ४९ जना मात्र छ । जसमा १२ हजार ६ सय ८० घरघुरी समेटिएका छन् ।
स्वास्थ्य बिमाका लागि ३५ सय पनि तिर्न नसक्ने नगरबासीलाइ नगरपालिकले वडा मार्फत ५० देखि सत प्रतिशतसम्म ब्यहोरेर बिमा गराउने गरेको छ । जनता उपचार कोशको सेवा लिने क्यान्सरजन्य रोगका बिरामीहरुलाइ पनि सचेतना जगाइ बीमा गर्न लगाइएकोले पनि बिमा गर्नेहरुको संख्या बढेको राइले बताए ।
सबैजसो जाँच र उपचार सेवा उपलब्ध भएपनि नगर अस्पताल बेलबारी १ मा अबस्थित साबिक बेलबारी प्राथमिक स्वास्थ्य चौकी परिसरमा सञ्चालन भइरहेको छ । पर्याप्त भवन नहुँदा अस्पताल प्रशासन भाडामा समेत सञ्चालन हँदै आएको छ । नगर अस्पतालका लागि करोडौं लागतमा बेलबारी ४ मा सुबिधा सम्पन्न अत्याधुनिक भवन निर्माण सम्पन्न भएपनि प्रदेश प्रहरी अस्पताल बेलबारीमा पुनस्थापित हुने र तत्कालका लागि प्रदेश प्रहरी अस्पताल नगर अस्पतालको नयाँ भवनमा सञ्चालन हुने आशामा नयाँ भवनमा नगर अस्पताल सर्ने टुङ्गो लाग्न सकेको छैन ।









