फ्रान्सलाई स्तब्ध पार्दै तेस्रो पटक अर्जेन्टिनाले जित्यो बिश्वकप उपाधी

  • ८ पुष २०७९, शुक्रबार

फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाइ स्तब्ध पार्दै अर्जेन्टिनाले उपाधी जितेको छ ।

कतारको अल बायट रंगशालामा आइतबार भएको फाइनलमा फ्रान्सलाइ पेनाल्टीबाट पराजित गर्दै अर्जेन्टिनाले बिश्वकप उपाधी जितेको हो । निर्धारित समयमा अर्जेन्टिना र फान्सले तीन तीन गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा पनि उहीँ नतिजा आएपछि पेनाल्टी मार्फत छिनोफानो भएको थियो । त्यस क्रममा फ्रान्सका दुई खेलाडी गोल गर्न चुकेपछि प्रान्स उपबिजेता हुन बाध्य भयो । फान्सका लागि एम्बापेले ह्याटि्रक गरेका थिए ।

सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको अर्जेन्टिनाले दुई पटक फाइनल र तीन पटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।