वडा कार्यालयद्वारा दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक र शैक्षिक सामग्री वितरण

  • २१ आश्विन २०७५, आईतवार

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले वार्ड नं २ ले  वडामा रहेका दलित तथा विपन्न छात्र छात्रालाई  पाेशाक तथा शैक्षिक सामग्री वितरण गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे कविर माविका ३० र सिंहदेवि अाधारभूत विद्यालयका २० जना गरि जम्मा ५० विद्यार्थीहरुलाई अाईतबार पाेशाक तथा शैक्षिक सामग्री वितरण गरिएकाे हो ।

बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतमकाे नेतृत्वमा गएकाे नगरपालिकाकाे टाेलिले सम्वन्धित विद्यालयमै पुगेर विद्यार्थीहरुलाई पाेशाक तथा शैक्षिक सामग्री वितरण गरेकाे थियो  ।

विद्यार्थीलाई पाेशाक तथा शैक्षिक सामग्री वितरण गर्दै वाडाध्यक्ष घनश्याम गाैतमले वाडाकाे अा.व. २०७५/७६ काे सामाजिक विकास अन्तरगतकाे १ लाख वजेटबाट वाडमा भएका दुईवटा सामूदायिक विद्यालयका दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक तथा शैक्षिक सामग्री वितरण गरिएकाेे वताए । उनले कलिला बालबालिका भाेलिका कर्णधार भएकाले उनीहरुका असल संसकार अहिले देखि नै भर्नु पर्ने कुरामा जाेड दिए ।

साे अवसरमा वेलबारी नगरकार्यपालिका सदस्य खिना थापाले कार्यक्रमकाे अाैचित्यकाे वारेमा जानकारी गराएकी थिइन ।

साे अवसरमा कविर माविका प्र.अ. दुर्गा गाैतम र सिंशदेवि अाधारभूत विद्यालयका प्र.अ. हरिवहादुर कार्की, बेलबारी नगरकार्यपालिका सदस्य खिना थापा, वाडा सदस्य भगिमाया विसुङ्खे, सहयाेगी हातहरुका उपाध्य विक्रम लिम्बू अादिकाे सहभागिता रहेकाे थियाे ।

नगरपालिकाकाे याे कार्यक्रमलाई “सहयाेगी हातहरु” नाम सामाजिक संस्थाले सहजीकरण गरेकाे थियाे ।