अर्किड बेलबारीले बालबालिकासँग मनायाे दशैं

  • ३० आश्विन २०७५, मंगलवार

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे अर्किड बेलबारीले अाज एक कार्यक्रम गरि बालबालिकासँग दशैंकाे शुभकामना अादान प्रदान गरेकाे छ ।
बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा संचालन गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बालबालिकाले टीका, जमरा तथा दक्षिणा ग्रहरण गरेका थिए ।
बालबालीकालाई ९२ वर्षीय स्थानीय जयप्रकाश पाेखरेलले कार्यलयमा उपस्थित बालबालिकाहरुलाई टीका तथा जमरा लगाईदिएका थिए ।
हरेक वर्ष झैँ यसवर्ष पनि संस्थाले दशैंकाे शुभकामना तथा टीका लगाईदिएर शुभकामना अादाप्रदान गरेकाे अर्किड बेलबारीका संयाेजक रेवती तिवारीले वताए ।
उक्त कार्यक्रममा अर्किडका वाेर्ड सदस्य तिलक लिम्बूले उपस्थित सबैलाई स्वागत गरकाे थिए।
समाजसेवी ईश्वरी गुरुङ र स्वास्थ्यकर्मी रेनुका वस्नेत चाडवाडमा खानपानमा ध्यान दिन अाग्रह गरिरहेका थिए भने संस्थाका वाेर्ड सदस्य सुनिता तिवारी हुमागाई तथा शिला पाेखरेल पनि अभिभावक तथा बालिकामा चाडवाडकाे महत्वका वारेमा दर्शाएका थिए ।
पछिल्लाे समयमा चाडवाड खर्चिलाे र भड्किलाे भैरहेकाेमा गरिएकाे यसप्रकारकाे कार्यक्रमकाे विशेष महत्व रहेकाे अर्किडका संस्थापक नवराज पाेखरेलकाे मत रहेकाे छ ।