बिराटचोकबाट जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले झेल्ने परे अदालती मुद्दा

  • २५ कार्तिक २०७५, आईतवार

जुवा खेल्दै गरेको अवस्थामा सुन्दरहरैंचाको विराटचोकबाट भाइटिकाको अघिल्लो दिन पक्राउ परेका १० जनालाई प्रहरीले  जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिशेष सूचनाको आधारमा ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले घरधनी सहित जुवा खेल्दै गरेका १० जना ब्यक्तिहरूबाट नगद  ४ लाख १५ हजार ४ सय ५५ रुपैयाँ  र जुवा खेल्न प्रयोग भएको कौडा १५ थान र  ३ बुक तास बरामद गरेको थियाेे ।

पक्राउ पर्नेेहरूमा मोरङ सुन्दर हरैचा १० बस्ने घरधनी कुमार मिजार, सुुुन्दरहरैंचा ९ बस्ने पुष्प भुजेल, सुुुन्दरहरैंचा १२ बस्ने भुपाल थापा, सुुुन्दरहरैंचा १ बस्ने जनक मास्के, सुुुन्दरहरैंचा ९ बस्ने विनोद गौतम, सुुुन्दरहरैंचा १० बस्ने जय बहादुर सार्की, सुुुन्दरहरैंचा बस्ने कमल खड्का, सुुुन्दरहरैंचा १२ बस्ने प्रशान्त कार्की, उर्लाबारी नगरपालिका २ बस्ने जित बहादुर पुरी र सुनबर्षी नगरपालिका ६ बस्ने मकर तामाङ छन् ।

उनीहरू १० जनालाई नै म्याद थप गरी थुनामा राखिएकोमा आइतबार सबै विरुद्ध जुवा मुद्दा दायर भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सोही समूहलाई दशैंको समयमा पनि प्रहरीले पक्राउ गरेको र त्यसबेला  मुद्दा नचलाई छाडेको प्रहरी श्रोतले जनाएको  छ ।