खदमहिल सहकारीको प्रारम्भिक साधारणसभा भब्य रूपमा सम्पन्न, नयाँ संचालक समिति गठन

  • १ मंसिर २०७५, शनिबार

केशु विरही, केराबारी, माेरङ/ अाफ्नाे गाउँपालिकाकाे आर्थिक समृद्दीमा टेवा दिने अभिप्रायले स्थापित भइ पहिलोपटक केराबारी गाउँपालिकामै दर्ता भएको  खदमहिल बचत तथा ऋण सहकारीको प्रारम्भिक साधारणसभा भब्य रूपमा सम्पन्न भएको छ ।

केराबारी गाउँपालिका वार्ड नं ३ भाेगटेनीमा शनिबार भएको प्रारम्भिक साधारण सभाकाे उद्घाटन प्रमुख अतिथि एवम जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सहसचिव विष्णु अाेझाले गरेका थिए ।
प्रारम्भिक साधारणसभामा केराबारी गाउँपालिका वाडा नं ३ का वडाध्यक्ष भक्तबहादुर श्रेष्ठ,वडा  ६ का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगर, वडा नम्बर ८ का वडाध्यक्ष मनाेज खड्का, १० नं वडाका वडाध्यक्ष जङ्गराज खवास, सामुदायिक साकाेस केराबारीका बिन्दा कुमारी तामाङ (श्रेष्ठ) अादिकाे पनि उपस्थिती थियाे ।

तदर्थ समितिका अध्यक्ष नवीन थापा मगरकाे सभापतित्वमा भएको  प्रारम्भिक साधारण सभामा उपाध्यक्ष प्रकाश बस्नेतले उपस्थित सबैलाई स्वागत गरेका थिए । संस्थाकाे आर्थिक र प्रगति प्रतिवेदन सचिव अम्बिका भण्डारी र वचत तथा ऋण नीतिको मस्यौदा गाेकुलबहादुर थापाले प्रस्तुत गरेका थिए ।

साे साधारण सभाले राेहितकुमार कटुवालको अध्यक्षतामा ११ शदस्यीय कार्यसमितिकाे चयन गरिएकाे छ ।
कार्य समितिमा उपाध्यक्ष प्रकाश बस्नेत, सचिव अम्बिका भण्डारी, काेषाध्यक्ष गीता कप्री, सदश्यहरुमा गाेकुलबहादुर थापा, ललिता गुप्ता, पुष्प बस्नेत, सजिता मगर, दुर्गा श्रेष्ठ, केशव बराल, र अनिल बस्नेत रहेका छन् ।

साधारणसभाले राेजन सापकाेटाकाे संयाेजगत्वमा ३ शदस्यीय लेखा तथा सुपरिवेक्षण समितिकाे पनि निर्वाचन गरिएकाे छ ।
लेखा तथा सुपरिवेक्षण समितिका सदस्यहरुमा पुष्प बजगाई र चण्डी थापा रहेका छन् ।
नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयाेजक देव कुमार नेपालले सपथ गराएका थिए । त्यसैगरी प्रमुख अतिथि र निर्वाचन समितिका संयोजकले अविर लगाएर स्वागत गरेका थिए ।

प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका सह-सचिव विष्णु अाेझाले सहकारीलाई शुभकामना दिँदै नवगठित समितिले मार्फत संस्थाले  अाफ्नाे स्थानकाे अार्थिक विकासमा महत्वपूर्ण याेगदान दिने आशा व्यक्त गरे ।
शुभकामना व्यक्त गर्दै केराबारी गाउपालिका वार्ड नं १० का वाडाध्यक्ष जङ्गबहादुर खवासले वजारमा थुप्रै सहकारीहरु खुलेर विलय पनि भएकाले यस्ता कुरालाई वेलैमा सोचेर संस्था अगाडि बढ्ने बिश्वास व्यक्त गरे ।

केरावारी गाउँ पालिकाका वार्ड नं ८ का वडाध्यक्ष मनाेज खड्काले नव निर्वाचित पदाधिकारीहरुकाे सफल कार्यकालकाे कामना गरेका थिए ।