लालभित्तीमा जीवनयाेग प्रयाेगशाला चल्दै, याेगतर्फ स्थानीयबासीको राम्रो आकर्षण

  • १५ मंसिर २०७५, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ मानव जीवनमा शुख- शान्ति अपरिहार्यतालाई मध्यनजर राखेर विगत दुई हप्तादेखि बेलबारी २ लालभित्तीकाे कविर मन्दिरमा चलिरहेकाे जीवनयाेग प्रयाेगशालामा स्थानीयहरुको आकर्षण बढ्दै गएको छ ।

हरेक विहान ४:३० देखि ६:०० बजेसम्म त्यहाँ स्थानीयहरुकाे उल्लेख सहभागितामा साे प्रयाेगशाला चलिरहेकाे छ ।

शुक्रबार दिउँसो  जीवन विज्ञानका विशेषज्ञ गुरुजी एल पि भानु शर्माले दिएकाे प्रवचनले उनीहरुलाई झनै उत्साहित तुल्याईदिएकाे छ । उनले प्रवचन दिँदा कविर मन्दिरकाे सभाहल खचाखच भरिएकाे थियाे ।

साे प्रवचन कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख, ढाकाकुमारी पराजुली, नियमित रुपमा प्रयाेगशालामा अाईरहेका बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, नगरकार्यपालिका सदस्य खिना थापा, स्रष्टा तिला लेकाली, समाजसेवी प्रताप थापा, कविर माविका प्रधानाध्यापक दुर्गा गाैतम, स्थानीय डिल्लीबहादुर थापा, सनतकुमार ढकाल, लाेकनाथ ढकाल लगायतकाे सहभागिता रहेकाे थियाे ।

सवैलाई स्वास्थ्य र खुसी बनाउने अभियानका साथ बेलबारीमा संचलन भैरहेकाे जीवन विज्ञान सम्वन्धी प्रयाेगशाला संचालन भैरहेकाे जीवन विज्ञानयाेग प्रयाेगशाला लालभित्तीका संयाेजक खगेन्द्र न्याैपानेले वताए ।

८० लाख विद्यार्थीलाई अाैपचारिक ज्ञान दिईसकेका ५ लाखलाई  ध्यान सिकाइसकेका गुरु एल पि भानु शर्माकाे प्रवचन सुन्न वृद्ध वृद्धादेखि लिएर युवाहरुको समेत उल्लेख्य सहभागिता रहेकाे थियाे ।