प्रवासीको पहलमा बन्न थाल्यो रमिते पर्यटकीय क्षेत्रकाे प्रवेशद्वार, लालभित्तिबासी उत्साहित 

  • १७ मंसिर २०७५, सोमबार

 बेलबारी, माेरङ/ स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने अभिप्रायका साथ पूर्व पश्चिम लाेकमार्गमा पर्ने बेलबारी -२ लालभित्ती चाेकमा रमिते पर्यटकीय क्षेत्र जाने प्रवेशद्वारकाे निर्माण गर्न स्थानीयबासी जुर्मुराएका छन् ।

लालभित्ती घर भइ कतारमा भएका युवाहरूको पहलमा साे प्रवेशद्वारकाे निर्माण गर्न लागिएकाे हाे । बेलबारी नगरपालिका वार्ड नं २ वडाध्यक्ष घनश्याम गाैतमले साेेमबार एक कार्यक्रमबीच साे प्रवेशद्वारकाे सिलन्यास गरे ।

सिलन्यास कार्यक्रममा रमिते सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर राई, स्थानीय समाजसेवी डिल्लीबहादुर थापा, सनदकुमार ढकाल, लाेकनाथ ढकाल, खगेन्द्र न्याैपाने लगायतकाे सहभागिता रहेकाे थियाे ।

सिलन्यासपछि बेलबारी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष घनश्याम गाैतमले प्रवासमा रहेका युवाहरुकाे कार्यलाई प्रशंसा गर्दै युवाहरुले गरेकाे यस्ता उदाहरणीय कार्यमा नगरपालिका सधैँ साथमा रहने वताए । वडाध्यक्ष गाैतमले याे नगरकै प्रतिष्ठाकाे विषय भएकाेले सबैले अाअाफ्नाे क्षेत्रबाट सहयाेग पुर्याउने पर्ने वताए ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती बजारमा निर्माण हुन गैरहेकाे प्रवेशद्वारकाे चाैडाई ३० फिट उचाई १८ फुट रहने गरी निर्माणकाे काम सुरु भएकाे द्वार निर्माण उपभाेक्ता समितिका काेषाध्यक्ष सुनिता तिवारी हुमागाई जानकारी दिईन् ।

करिव ४ लाखकाे लगानीमा पूरा गर्ने लक्षकासाथ थालिएकाे प्रवेशद्वारकाे निर्माण कार्यकाे काम सोमबारबाट थालिएकाे छ ।

राेजगारकाे शिलशिलामा विभिन्न देशमा पुगेका लालभित्तीवासीबाट उक्त कामका लागि १ लाख ५० हजार जम्मा भैसकेकाे र ४ लाख जतिकाे प्रतिवद्धता अाएकाे लालभित्ती युवा समूह दाेहा कतारका अध्यक्ष निर्मल रिजालले बताए  ।

पर्यटकी क्षेत्र जाने प्रवेशद्वारकाे सिलन्यास भएपछि स्थानीयहरु खुसी देखिएका छन् । ८६ वर्षीय स्थानीय डिल्लिबहादुर थापाले प्रवेशद्वारकाे निर्माणले रमितेकाे पर्यटनमा वढावा दिनेमा अासावादी रहेको बताए । – केशु विरही,