मेलबर्नमा नेपाल फेस्टिबलको तयारी, नेपाल भ्रमण गर्न अष्ट्रेलियन सांसदको आग्रह 

  • २५ मंसिर २०७५, मंगलवार

 अष्ट्रेलियाको मेलबर्नमा यही डिसेम्बर १५ मा नेपाल फेस्टिबल हुनेे भएको छ ।
नेपाली भाषा, कला, संस्कृति र परम्परा प्रबर्द्धन गर्दै नेपालमा पर्यटन प्रबर्द्धनको लागि सहयोग गर्ने हेतुले फेस्टिबल हुने भएको हो ।
 मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने लुम्बिनी कपिलवस्तु दिवस अभियानको टोलीले  भेटका क्रममा जोआन र्यानले अस्ट्रेलियन लगायत हरुलाई सो आग्रह गरेकी हुन । भिक्टोरियाको लालोरबाट प्रतिनिधि सभाकी फेडेरल सांसद जोआन र्यानले २०१५ को बिनाशकारी भूकम्पका कारण  प्रभाबित वुद्ध र सगरमाथाको देश नेपाल भ्रमण गर्न अस्ट्रेलियन नागरिकहरुलाई आग्रह गरेकी छिन् ।
नेपालमा बिनासकारी भूकम्पका बेलामा अस्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको र लेबर पार्टीले पनि नेपालमा स्कुलहरुको पुनर्निर्माणमा सहयोग गर्दै    बालबालिकाहरुलाई स्कूल फर्कन सहयोग पुर्याएको सांसद जोआनले स्मरण गरिन् ।
 जोआनले बिदाको समयमा वुद्ध र सगरमाथाको देश नेपाल गई त्यहाँको पर्यटन प्रबर्द्धनका लागि दीर्घकालिन रुपमा सहयोग गर्न र त्यहाँ लगानीका संभावनाहरुको खोजी गरेर सकारात्मक प्रभाब पार्दै द्धिपक्षीय साझेदारी मजबुत गर्न सकिने बताइन् ।
 नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले जिलोङकी सांसद क्रिस्टिन कोउजिन्स र अस्ट्रेलियाकै सबैभन्दा ठूलो मध्येको एक पाको फेस्टा महोत्सव आयोजना गर्ने संस्था डाइभर्सिटाटका प्रमुख कार्यकारी अधिकृत माइकल मार्टिनेजसंग पनि भेटघाट गरेका थिए । भेटघाटमा जिलोङ निवासीद्धय ज्ञानेन्द्र उप्रेती र आरजु बस्नेत पनि सहभागी थिए ।