बेलबारी नगरपालिका ६ मा शहरी बिकास केन्द्रको भवन उद्घाटन

  • २ पुष २०७५, सोमबार

बेलबारी नगरपालिका वडा नम्बर ६ वोराबांधमा २ कोठे शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन भएको छ ।

स्थानिय कृष्णकुमार राईले दिएको ्१० धुर जग्गामा बनेको स्वास्थ्य केन्द्र भवनको सोमबार उद्घाटन गरिएको हो ।

नगरपालिकाको कुल ६ लाख ३८ हजार २ सय ५ रुपैयको लागतमा केन्द्र निर्माण गरीएको हो । सो शहरी स्वास्थय केन्द्रवाट परिवार नियोजन, गर्भवती जाँच, सुत्केरी जाँच, क्षयरोगी, कुष्टरोगीको उपचार झाडापखाला वालवालिकाका समस्याहरुको उपचर गरीने बेलबारी नगरपालिका स्वास्थय शाखाका प्रमुख सन्तोष बिश्वकर्माले बताए ।

वडावासीले विरामी पर्दा बिराटनगर र बेलबारी जाने दिनको अनत्य भएको भन्दै मेयरलाई ६ वटा माला लगाए दिएका छन् । स्वास्थयवाट बञ्चित भएको वडामा शहरी स्वास्थय केन्द्र ल्याएको भन्दै मेयर सुवेदीलाई स्थानियले सयपत्रीको ६ ओटामाला पहिर्याइ दिएका थिए ।