बेलबारी चिसाङ साझेदारी वनको तेस्राे वार्षिक साधारणसभा सम्पन्न

  • १० पुष २०७५, मंगलवार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी चिसाङ साझेदारी वनले एक कार्यक्रम गरी तेस्राे वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिकामा रहेकाे तमु बाैद्ध गुम्बामा शनिबार भएको वार्षिक साधारणसभाकाे उद्धघाटन प्रदेश नं १ को उद्याेग, पर्यटन तथा वन वातावरण मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले गरेका थिए ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, वन विज्ञान केन्द्र विराटनगरका निर्देशक रामकाजी श्रेष्ठ, डिभिजन वन कार्यालय माेरङका डिभिजनल प्रमुख विशाल घिमिरे, साझेदारी वन महासंघ प्रदेश नं १ का अध्यक्ष प्रकाश पाैड्याल लगायतकाे सहभागिता रहेकाे थियाे ।

कुल १ हजार ६ सय ४६ दशमलव ७३ हेक्टर क्षेत्रफलमा रहेको यो साझेदारी वनको कार्यक्षेत्रमा मोरङका साबिक १७ वटा गाबिस तथा नगरपालिका पर्दछन् ।  कूल ३५ हजार ९ सय ९७ परिवार संख्या रहेको यो वनले १ लाख ९३ हजार ३ सय ६१ जनसंख्याको प्रतिनिधित्व गरेको छ । आर्थिक बर्ष २०७४/०७५ को अबधिमा यो साझेदारी वनले ३५ हजार ६ सय २४ क्युफिट काठ निकालेको थियो । वनले साधारणसभामा गत बर्षको प्रगति बिवरण र भावी योजना समेत प्रस्तुत गरेको छ ।

प्रमुख अतिथि उद्याेग, पर्यटन तथा वन वातावरण मन्त्रालय प्रदेश नं १ का सचिव बद्रिराज ढुङ्गानाले साझेदारी र सामुदायिक दुबै वनकाे उद्देश्य भनेकाे आम उपभाेक्तालाई सेवा सुविधा दिनु रहेकाेले दुवैले उद्देश्य अनुसार काम गर्न आग्रह गरे ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सामुदायिक वन र साझेदारी वनकाे विचमा केही विवाद देखिएकाेले झलफल गरेर विवाद सामधान गर्नु पर्ने वताउंदै नीति र ऐनका कारणले भएकाे विवाद त्यसकाे पूर्णतासँगै सहजता आउने अपेक्षा  गरे ।

dav

जिल्ला डिभिन वन कार्यालयका माेरङका डिभिजनल वन अधिकृत प्रमुख विशाल घिमिरेले साझेदारी वन भनेकाे वनसँग जाेडिएका मात्र नभएर वनक्षेत्रदेखि टाढा रहेका उपभाेक्ताहरुकाे पनि भएकाे वताए । उनले साझेदारीले उत्तर दक्षिणमा रहेका सबै उपभाेक्तालाई जाेड्ने वा मितेरी लाउने वताए । साथै उनले समितिमा रहेर काम गर्नेले वन व्यवस्थापन तथा वितरणमा विशेष ध्यान दिनु पर्ने कुरामा जाेड दिएका थिए ।

साे अवसरमा अमना सिसाैली सामुदायिकका अध्यक्ष लिला अाचार्य, साझेदारी वन महासंघ प्रदेश नं १ का अध्यक्ष प्रकाश पाैडेल, वन अनुन्धान केन्द्रका विराटनगरका निरिक्षक रामकाजी श्रेष्ठ, लगायतले आ-आफ्ना विचार राखेका थिए ।

त्यहाँ अधिकाँक्षले सामुदायिक र साझेदारी वनविचकाे विवाद वनव्यवस्थापनमा केही अलमल पैदा गरेकाे यसलाई चाँडाे सुल्झाउन आग्रह गरेका थिए ।

साझेदारी वनका व्यवस्थापन समूहका अध्यक्ष याेग्न्द्र गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन वन अधिकृत विक्रम अमात्यले गरेका थिए ।