महिलालाई स्वरोजगार बनाउदै वडा कार्यालय

  • १६ पुष २०७५, सोमबार

बेलबारी नगरपालिका वडा नम्बर २को आयोजनामा ४५ दिने ब्यूट्रिपार्लर सम्बन्धी तालिम सुरु भएको छ ।

१६ जना सहभागी तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उक्त तालिमको उद्घाटन गर्दे बेलबारी २ का अध्यक्ष घनश्याम गौतमले महिलाहरुलाई ब्यावसायिक बनाउने उदेश्यका साथ तालिम दिएको बताए ।

गरिव तथा विपन्न परिवारका महिलाहरुलाइ आफनै देशमा स्वारोजगार बनाउने उदेश्यका साथ तालिम दिएको वडा नम्बर २ की सदस्य खिना थापाले बताईन् । उनले महिला लक्षित गरेर उद्घोष्ण तालिम तथा ड्राईभिङ तालिम आयोजना  गरिएको बताईन् ।