विद्यालयमा अक्षयकोषका लागि सहयोगी हातहरु नामक संस्थाले गर्यो आर्थिक सहयोग

  • २३ पुष २०७५, सोमबार

मोरङको बेलबारी वडा नं. २ मा रहेको सहयोगी हातहरू नामक सामाजिक संस्थाले दुई विद्यालयलाई अक्षयकोषको लागि रकम हस्तान्तरण गरेको छ ।

गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यका साथ आयोजना गरिएको तीज विशेष कार्यक्रमका लागि संकलित रकम हस्तान्तरण गरिएको हो । संस्थाले  सिंहदेवी आधारभूत विद्यालयमा स्थापना भएको अक्षयकोषमा संस्थाले ११ हजार १ सय एघार रुपैयाँ विद्यालयका प्रध्यानध्यापक हरि बहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी सोही संस्थाले कबिर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नका निमित्त विद्यालयका प्रध्यानध्यापक दुर्गा प्रसाद गौतमलाई ६६ हजार ६ सय छैसठ्ठी रुपैयाँ हस्तान्तरण गरेको छ ।

महिलाहरुको महान चाड  तिज विशेष सास्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रमका लागि संकलन भएको १ लाख ७० हजार ६ सय पचहत्तर मद्ये ७४ हजार ९ सय रकम बचत भएको र सोही बचत भएको रकम अक्षयकोषका लागि दुई विद्यालयहरूलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष मेघराज परियारले बताए ।