विद्यार्थीको पढाइ बिगारेर आँखा शिविर संचालन, नि:शुुुल्क भन्दै, पैैसा असुुुलेको आरोप

  • १ माघ २०७५, मंगलवार

दिपेन्द्र यादव, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा रहेका जनता माध्यमिक विद्यालय नरसिंहमा एक दिनेे आंंखा शिविर सम्पन्न भएको छ ।

विद्यालयमा विद्याथीहरुलाई थाहैँ नदिई  आइतबार नेश्नल टाइगर्स क्लब भोक्राहा नरसिंहको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमान्डौँ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरले आँखा संञ्चालन गरेको हो । शिविरका कारण विद्यालयको पठनपाठन समेत ठप्प भएको थियो ।

आँखा शिविर सञ्चालन गर्न बनाईएको ब्यानरमा सहयोगी भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय लेखिएको थियो  । तर  भोक्राहा नरसिंह गाउँपालिकाका कार्यकारी अधिकृतका अनुसार सो संस्थालाई गाउँपालिकाले कुनै किसिमको आर्थिक सहयोग गरेको र सहयोगी बस्ने निर्णय गरेको थिएन  ।

आँखा शिविरका लागि नेश्नल टाइगर्स क्लबका अध्यक्ष देवनारायण मण्डल (फैजलुम) ले भोक्राहा नरसिंह गाउँपालिकाको लोगो दुरुपयोग गरेको पाइएको छ । लोगो प्रयोग गरेको बारे गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव सँग सोध्दा हामीलाई कुनै किसिमको जानकारी नदिई लोगो प्रयोग गरेको बताए ।

नि:शुल्क मोतिया विन्दु शिविर तिलगंगा आँखा अस्पताल काठमान्डौँ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरले संचालन गरेको ई एच डब्लु सागर पोखरेलले बताए ।

पोख्रेलका अनुसार १ सय ३० जना आँखा रोगी मध्ये ३७ जनालाई मोतिया विन्दु भएको पाइएको छ ।

उता नेशनल टाइगर्स क्लबले नि:शुल्क आँखा शिविरको नाममा शुल्क लिएको आरोप लागेको छ  । आँखा विरामीहरुलाई नि:शुल्क आँखा शिविर भन्दै क्लबले विरामीको नाम दार्ता शुल्क ३० रुपैँया र औषधी बापत रु १ सय देखी ५ सय ५० रुपैँया सम्म असुली गरेको आँखा जाँच गर्न आएका बिरामी सनिचर यादवले बताए । तर आयोजकले  भने पैसा लिएको  आरोप अस्वीकार गरेको छ ।