युएइमा रहेका पश्चिमेलीहरुको नयाँ समिति गठन, अध्यक्ष बनिन् सन्ध्या

  • १ माघ २०७५, मंगलवार

सुदूर पश्चिम सेवा समाज युएईले आगामी कार्यकालका लागि सन्ध्या भण्डारी बोगटीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
यूएईको दुबई स्थित स्थित एभरेस्ट होटेलमा ११ जनवरीका दिन संस्थाका निबर्तमान अध्यक्ष जयराज जोशीको अध्यक्षतामा तथा  समाजका बरिष्ठ उपाध्यक्ष एबं सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसीका संचालक लोकेन्द्र बहादुर बमको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले सो समिति चयन गरेको हो ।

कार्यक्रममा कीर्तिमानी बिश्व  यात्राको दौरानमा रहेका मनोज चन्द, समाजका मध्यपूर्व संयोजक धर्मराज पाण्डेय, सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक केन्द्रिय सदस्य भरत चन्द, दिनेश बिष्ट, चक्र कठायत, महिला उपाध्यक्ष शारदा साह,  सदस्य सि.एन ठकुरी, हिमालय रेमिट्सका प्रमुख बिर बहादुर चन्द, दुबई क्षेत्रीय समितीका अध्यक्ष कृष्णनन्द जोशी, अलएन क्षेत्रीय समितिका अध्यक्ष नबराज भट्ट, सारजाह-आजमान क्षेत्रीय समितीका उपाध्यक्ष देबलाल जोशी, अबुधाबी क्षेत्रीय समितीका सचिब बिक्रम बहादुर सिंह आदिको पनि उपस्थिति थियो ।
बुद्धिजिबी, समाजसेवी, ब्यबसायी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा प्रमुख अतिथि लोकेन्द्र बहादुर बमले आफ्नो शुभकामना मन्तब्य राख्दै सुदूर पश्चिम सेवा समाज यूएईले गरेका उल्लेखनिय कार्यको खुलेरै प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यसरी सहयोग गर्दै जाओस् भन्दै समाजले गर्ने हरेक सेवामुलुक काममा आफुले सधैं सहयोग गर्ने बिचार ब्यक्त गरेका  थिए  ।

नव-निवार्चित कार्यसमिति
१) अध्यक्ष – श्रीमती टिकेश्वरी भण्डारी बोगटी (सन्ध्या)
२) वरिष्ठ उपाध्यक्ष – श्री धन बहादुर खड्का
३) प्रथम उपाध्यक्ष – श्री भिम बहादुर सिंह
४) द्वितीय उपाध्यक्ष – श्री कासी सिंह बिष्ट
५) महिला उपाध्यक्ष – श्रीमती सुधा चौधरी
६) महासचिव – श्री दान सिंह महरा
७) सचिब – श्री मनोज भट्ट ‘सानुकाजी’
८) सह-सचिब – श्री देबिन्द्र बिष्ट
९) कोषाध्यक्ष – श्री  मोहन ठकुराठी
१०) सह-कोषाध्यक्ष – श्रीमती सिर्जना मल्ल
११) सांस्कृति संयोजक – श्री सुरज शाह
१२) सांस्कृति उप-संयोजक – श्री रविन कठायत
१३) सदस्य – श्री  शिवराज तिमिल्सिना
१४) सदस्य – श्री मनोज साउद

नव-निर्बाचित अध्यक्ष सन्ध्या भण्डारी बोगटीले आफुले जिम्मेवारी  पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनहरुमा युएईमा रहेका सम्पूर्ण सुदूर-पश्चिम वासीहरुलाई एकजुट गराएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेेेेकी थिइन् ।

सोहि कार्यक्रममा उपस्थित बिश्व  यात्राको दौरानमा रहेका मनोज चन्दलाई केेही सहयोग होस् भनी उपस्थित सहयोगी मनहरुले सहयोग गरेर जम्मा गरेको नेपाली रु १५,३०० ( पन्ध्र हजार तीन सय रुपैयां) हस्तान्तरण गरिएको थियो ।

त्यस्तै चुरे गाउँपालिका वडा नम्वर-२ का शेरवहादुर नेपालीको परिवारलाई घर बनाई दिने घोषणा गरेका समाजसेवी मनोज साउदको अभियानलाई सहयोग होस् भनी जुटाइएको नेपाली रु १५,३०० ( पन्ध्र हजार तीन सय रुपैयां) हस्तान्तरण गरिएको थियो । साउदकै अभियानमा सहयोग होस् भनेर सुदूरपश्चिमेली नेपाली समाजका बरिष्ठ उपाध्यक्ष एबं सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसिका संचालक लोकेन्द्र बहादुर बमले नेपाली रु २५,००० ( पच्चिस हजार ) सहयोग गर्ने घोषणा गरेका थिए  ।

सुदूरपश्चिम बासीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले गरेका थिए ।