दर्जन कलाकारहरुको जमघटसहित युएईमा पर्वतेलीहरुको बृहत भेला हुँदै   

  • ७ माघ २०७५, सोमबार

दर्जन कलाकारहरुको जमघटसहित युएईमा  पर्वतेलीहरुको वृहत भेला हुने   । आजको आवश्यकता, प्रवासी पर्वतेलीहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माण हाम्रो अभियान ” भन्ने मुल नारासहित अन्तर्राष्ट्रिय पर्वत समाजको बृहत भेला युएईमा हुने भएको छ ।

रोजगारीको सिलसिलामा विस्वका १७ देशहरूमा छरिएका पर्वतेलीहरु आगामी २८ फेब्रुअरी २०१९ देखि मार्च १ सम्म २ दिन आयोजना हुने भेलाले पर्वतको चौतर्फी विकासको लागि महत्त्वपूर्ण निर्णयहरु गर्ने समाजका सचिव मणिप्रसाद भुर्तेलले बताएका छन् ।

समाजको आगामी सेप्टेम्वर/ अक्टोवरमा नेपालमा हुने अधिबेशनको पूर्व तयारी, अहिलेसम्म गरिएका कार्यहरुको समीक्षा मध्यपुर्वी मुलुकहरुमा रहेका नेपाली कामदारहरुको समस्या र त्यसका समाधानको खोजी, पर्वत जिल्लामा रोजागारी अभिबृद्धिका लागि लगानी, अवसर चुनौती र लगानीका क्षेत्रहरु लगायत बिबिध बिषयमा छलफल गरिने आयोजकले बताएका छन् ।

समृद्ध पर्बत निर्माण अभियानमा प्रवासी पर्वतेलीहरुको भूमिका र नेपाल सरकार स्थानीय सरकारको दायित्व र कर्तब्य माथि छलफल हुने र यस अभियानलाई सार्थकता दिन जस्तोसुकै चुनौती, अवसर सामना गर्ने प्रतिबद्धताका साथमा बिस्वभरि रहेका पर्वतेहरुलाई हातेमालो गर्न यो भेला कोशेढुंगा बन्ने दाबी अन्तर्राष्ट्रिय पर्वत समाजका अधक्ष्य पुरन गिरीले गरेका छन् ।
भेलामा बिस्वभरि रहेका पर्बतेलीको अबस्था, मध्यपूर्वमा रहेका पर्वतेली वा नेपालीहरुको समस्या र निराकरणमा पहल, संस्थाले १ बर्षभित्रमा गरेका कामहरुको समिक्षा, संस्थाले आगामी बर्षका लागि गर्ने कार्यको योजना, वैदेशिक रोजगारमा रहेका पर्वतेका लागि सामाजिक सुरक्षा कोष स्थापना, स्वास्थ्य, शिक्षा, कृषि एवम पर्यटनमा लगानीको संभावना, खाडी मुलुकमा रहेका महिला कामदारको श्रमस्वीकृति तथा पुन श्रमस्वीकृतिमा अल्झन नराख्न नेपाल सरकारसँग पहल, पर्बत जिल्लाभरि मेडिकल इन्सोरेन्सको ब्यबस्था गर्न पहल गर्ने, पर्बत जिल्लाबाट बसाइसराइलाई रोक्न पहल गर्ने जस्ता बिषयमा छलफल हुनेेेछ ।
कार्यक्रमलाई ऐतिहासिक र ब्यवस्थित बनाउन पर्वत सेवा समाज युएईले संयोजन गर्नेछ ।
भेलाको आकर्षकका रुपमा कलाकारहरु बिमलराज क्षेत्री, कुलेंद्र बि क, कृष्ण समिप सुबेदी, सुस्मा लोहनी, बिक्रम पौडेलर नरेन सापकोटा युएई आउने भएका छन् ।