सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तर सुधार्न विभिन्न कार्यक्रम गर्दै बेलबारी वडा नं.६

  • ८ माघ २०७५, मंगलवार

बेलबारी नगरपालिका वडा नम्बर ६ ले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम शुरु गरेको छ ।

सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरणसगै खेलकुद तथा अन्य गतिविधि गर्न थालेको हो । आफनो वडाका मात्रै नभई नगरपालिका भित्रका १० वटा बिद्यालयलाई सहभागी गराएर वडा कार्यालयले खेलकुद सहित अन्य अतिरिक्त क्रियाकलाप गरेको छ  ।

वडाले वीरेन्द्र माध्यमिक विद्यालय बेलबारी ६, महेन्द्र आधारभुत विद्यालय बेलबारी ६ ,महेन्द्र आधारभुत विद्यालय बेलबारी ५, धनपाल माध्यमिक बेलबारी ५, जन निर्माण आधारभुत बिद्यालय बेलबारी ५, जनता आधारभुत बेलबारी ५, राम जानकी आधारभुत बेलबारी ७, किसान आधारभुत विद्यालय बेलबारी ७ ,देबकोटा आधारभुत विद्यालय बेलबारी ७ र जनता माध्यमिक बेलबारी ९ का बिद्यार्थीहरुलाई सहभागी गराएर हिसाव दौड, वक्तृत्व कला, म्यूजिकल चेयर्स, चित्रकला, हाजिरी जवाफ, सामुहिक नृत्य, लगायतका कार्यक्रम सम्पन्न गरेको वडा नम्बर ६ का वडा अध्यक्ष उदय वहादुर राईले बताए ।

सामुदायिक बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुका प्रतिभाहरु वाहिर आउन नसकेको भन्दै अध्यक्ष राईले  वडा नम्बर ६ ले शैक्षिक सुधारको अभियान अन्तरगत १ हजार भन्दा वढी बिद्यार्थीहरुलाई भेला गराएर अतिरिक्त कार्यक्रम गरेको बताए  ।  बेलबारी नगरपालिका वडा न. ५, ६, ७ र ९ का सामुदायिक विद्यालयका छात्र छात्राहरु बीचको अन्तर विद्यालयस्तरीय  खेलकुद लगायत विभिन्न  प्रतियोगिताबाट शिक्षक ,अभिभाबक र विद्यालयका विद्यार्थीबिच भावनात्मक सम्बन्धको बिकास भएको अध्यक्ष राइले बताए  ।