गाँउगाँउका बिरामीको निशुल्क उपचार गर्दै नोवेल

  • १५ माघ २०७५, मंगलवार

गोपाल काफ्ले, पथरी मोरङ /  मोरङ पथरीशनिश्चरे वडा नं ६ का चन्द्र राईको सानैमा आमा बितिन केहि समय अगाडी बाबु बिते शरिरमा जोस र जागर हुनजेल घर बाहिरै जिवन बितो रक्सी खाने बानिले दुई छोरी र श्रीमतीले छोडे ।
५ वर्ष देखि बिरामी परेका राई ३ महिना देखि ओछ्यानमै थलिएर बसेका छन । २० बर्ष सम्म काठमाडौमा ज्यामी काम गरे तर बचत हुन सकेन । हाल घरमा एक्लै रहेका राईकी श्रीमती र २ छोरीले पनि साथ छोडे । बिरामी परेपछि घर, श्रीमती र परिवार चाहियो भन्दै श्रीमती घरै छोडेर गईन ।
आर्थिक कारणले उपचार गर्न नसकेका राईको घरमा भगवान बनेर डाक्टर सुनिल शर्मा एम्बुलेन्स लिएर पुगे । आफ्नो वडामा यस्तो बिरामी छ भन्ने थाहा पाएर वडा अध्यक्ष जय बहादुर तामाङले खवर गरे पछि शर्मा आफै एम्बुलेन्स लिएर बिरामी लिन पुगेको शर्माले बताए ।
५ बर्ष सानो फोका आएको र केहि समय अगाडी फुटेर ठुलो प्वल परेको छ राई को तर बिडम्बना परिवारको एक्लो सन्तान आमा बाबा पछिको सहारा २ छोरी र श्रीमतिले छोडे पछि बिरामी कुरुवा समेत पाउन गाह्रो भो शर्मालाई ।  तर शर्माले कुरुवाको समेत खाना बस्नको बन्दोबस्तको जिम्मा लिए पछि एक युवाको साथ पाए  । हजरै बिरामी निशुल्क उपचार गरेका शर्माले ३ महिना देखि ओछ्यानमा थला परेका चन्द्र राई नलाने कुरै भएन ।
कान देखि मुनिको भागमा ३ महिना अगाडी देखि स्याउ स्याउ किरा परेर प्वाल परेको छ । टाउको घुमाउन हुदैन छुदा दुख्छ पिप संगै किरा झर्छ । दुखाई सहन नसके पछि रक्सी खाने राई अब आफ्नो मृत्यू कुरि रहेका थिए । बा आमा मरेको ठाउमै मछु पौसा छैन भनेर आश मारेका राई एमुलेन्स घरमै आए पछि अहिले बिराट नगर स्थीत सुनिल शर्माको नोवेल मेडिकल कलेजमा उनको उपचार भैरहेको छ । सुनिल शर्माको साथ पाएका राई एम्बुलेन्स चढे संगै नयाँ जिन्दगी पाउने आशामा छन्  ।