लालभित्तिमा नोबेलको स्वास्थ्य शिविर, ६५ जनाले गराए स्वास्थ्य जांच

  • १६ माघ २०७५, बुधबार

बेलबारी, माेरङ/ बिराटनगरमा रहेकाे नाेवेल मेडिकल कलेज अस्पतालले मंंगलबार बेलबारीमा निशूल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे सद्भाव चाेकमा संचालन गरेकाे शिविरबाट ६५ ले सेवा लिएका थिए ।

उपचारमा संलग्न डाक्टरले दिएकाे जानकारी अनुसार शिविरमा विभिन्न उमेर समूहका ६५ जनाले सेवा लिएका छन् । सेवा लिएकामध्ये अाधाजति ७०-८९ वर्ष उमेरसमूहका वृद्ध वृद्धा रहेका थिए ।

बिहान १०-४ वजेसम्म संचालन गरिएकाे उक्त निशूल्क शिविरमा नापजाँच गर्न आएकामध्ये धेरैलाई दम राेग रहेकाे पाईएकाे नाेवेलले जनाएकाे छ ।

उक्त शिविरबाट ३२ जना राेगीलाई हस्पिटलमा रेफर गरिएकाे छ ।