सुकुना क्याम्पसमा अखिलको रक्तदान, १ सय १० प्रिण्ट रगत संकलन

  • २३ माघ २०७५, बुधबार

‘रक्तदान नै जिवनदान’ भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस कमिटीले गरेको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका छन्   ।

सुकुना बहुमुखी क्याम्पसमा भएको खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गर्ने मानिसहरुको ओइरो लागेको हो ।

सुकुना क्याम्पसका पुर्व स्ववियु सभापति तथा हालका प्रदेश सांसद राजकुमार ओझा प्रमुख अतिथि  र  क्याम्पस प्रमुख लक्ष्मी कुमार श्रेष्ठ लगायत अतिथि थिए ।

अनेरास्ववियु क्याम्पस कमिटीले आयोजन गरेको उक्त कार्यक्रमको व्यवस्थापन स्ववियु सुकुना कमिटी, एकता सिर्जनशील बिद्यार्थी समाज, सुकुना साहित्य विद्यार्थी समाज र यूरेस सुकुनाले संयुक्तरूपमा गरेका थिए  ।

कार्यक्रममा बिद्यार्थी, शिक्षक तथा स्थानीय समाजसेवीहरु गरी १ सय १० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा स्ववियु सदस्य कमल कार्कीले जानकारी दिए ।

ब्लड बैंकमा हुने रगतको अभाव कम गर्दै बिद्यार्थीहरुलाई रक्तदान गर्न सचेत र अग्रसर गराउने उदेश्यले रक्तदान आयोजना गरिएको आयोजक अखिल सचिव मिलन घिमिरेले वताए । नेपाल रेडक्रस सोसाइटी बिराटनगरको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । अनेरास्ववियु क्याम्पस कमिटीले विगतदेखि नै वार्षिक रुपमा रक्तदान आयोजना गर्दै आएको छ ।