बेलबारीमा सूचनाकाे हक सम्वन्धी अन्तरक्रिया, सहभागिता भने अति न्यून

  • १ फाल्गुन २०७५, बुधबार

केशु विरही, बेलबारी, माेरङ / नगरबासीलाई सूचनाकाे हक छिटाे र प्रभावकारी ढङ्गबाट पुर्याउने अभिप्रायका साथ  बेलबारी नगरपालिकामा एकदिने सूचनाकाे हक तथा खुल्ला तथ्याङ्क सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

बेलबारी नगरपालिकाकाे हलमा बुधबार सम्पन्न गाेष्ठीमा नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल लगायत नगरकार्यपालिका सदस्यहरु, राजनैतिक पार्टी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा केही सञ्चारकर्मीहरुको सहभागिता रहेकाे थियाे ।

अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सूचनाकाे अप्राप्यताले गर्दा नगरपालिकाबाट पाउने सेवामा केही कठिनाई भएकाेले नगरपालिकाले छिटाे छरिताे र भरपर्दाे ढङ्गबाट नगरबासीमा सूचना पुर्याउनु पर्ने आवश्यकता अाैल्याएका थिए ।

नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरपालिका नागरिकलाई सूचनाकाे हक दिन कुरामा कन्जुस्याई नगरेकाे, यदि त्यस्ताे कुनै समस्या भएकाे भए त्यसलाई सुधार्दै लैजाने वताए ।

नगरप्रमुख सुवेदीले नगरपालिकाले चाँडै गरिवसँग नगरपालिका कार्यक्रम अघिसारेकाे वताए ।

प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले सूचान प्रवाहमा अाईपर्ने चुनाैतिका वारेमा जानकारी गराएका थिए ।

कार्यक्रम फाउण्डेसन फर डेभलाेपमेन्ट (FDM) नामक संस्थाले अायाेजना गरेकाे थियाे ।

फाउण्डेसन फर डेभलाेप्मेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक शैलेन्द्र सिग्देलले अन्तरक्रिया कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

यति महत्वपूर्ण कार्यक्रम भैरहँदा सहभागिता भने न्यून थियाे । यति सम्म कि नगरकार्यपालिकाका सदस्यहरु, संघ संख्यालाई लक्षित गरेर संचालन गरिएकाे कार्यक्रममा नगरकार्यपालिका सदस्यहरु र सञ्चारकर्मीकाे सङ्ख्या पनि  न्यून देखिन्थ्याे ।

संचारकर्मीकाे न्यून सहभागिताकाे वारेमा बुझ्दा स्थानीय क्षेत्रमा रहेका कतिपय सञ्चारकर्मीले भने अाफूलाई कार्यक्रमको वारेमा जानकारी नै नभएकाे वताए ।