लक्ष्मीमार्गमा शुरुभो एन प्याब्सन स्पाेर्ट्स मिट २०७५, मन्त्री कार्कीद्वारा उद्घाटन

  • २ फाल्गुन २०७५, बिहीबार

केशु विरही, बेलबारी, माेरङ/ निजी तथा आवासीय विद्यालयहरुकाे संगठन एन प्याब्सन माेरङले आयाेजना गरेकाे जिल्ला स्तरीय स्पाेर्टस मिट २०७५ बिहीबारबाट सुरु भएकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं ११ मा रहेकाे लक्ष्मी खेलमैदानमा संचालन भैरहेकाे दुईदिने प्रतियाेगिताकाे बिहीबार एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि कार्कीले खेलकुदले मानिसलाई स्वास्थ्य मात्र नवनाएर अनुशासित पनि वनाउने वताए । खेलकुद मार्फत नाम र दाम दुवै कमाउन सक्ने वताउदै उनले प्रतियाेगितामा भागलिने सबैलाई सफलताकाे शुभकामना समेत दिएका थिए ।

फागुन २ र ३ गते दुईदिनसम्म चल्ने प्रतियाेगितामा भलिवल, कवर्डी तथा एथलेटिक्सका गरी ८२ वटा खेलहरु खेलाईने छन् । प्रतियाेगितामा जिल्लाभरिका एन प्याब्सनमा आवद्ध ५० वटा विद्यालयका २ हजार जति विद्यार्थीहरुले सहभागिता जनाईरहेका छन् ।

पहिलाे दिन छात्र तथा छात्रा भलिवल, कवडी लगायत एथलेटिक्सतर्फ अधिकांश खेलहरु खेलाईए पनि कवडीतर्फका पहिलाे चरणका खेलहरु मात्र सम्पन्न गर्न सकिने एन प्याब्सन माेरङका सचिव नारायणप्रसाद ढकालले जानकारी दिए ।

आयाेजकले दिएकाे जानकारी अनुसार बिहीबार १ सय, २ सय तथा ४ सय तथा ८ मिटरका जुनियर तथा सिनियर रेसहरुका सेमिफाईनल सम्मका प्रतियाेगिता सम्पन्न भए पनि फाईनलका खेलहरु भने शुक्रबार खेलाईने छ ।

प्रतियाेगिता शहर केन्द्रित भैरहेकाे परिप्रेक्षमा आफूले यस्ता प्रतियाेगिताहरुलाई गाउँ केन्द्रित गराउने उद्देश्यले याे प्रतियाेगितालाई बेलबारीमा अायाेजना गरिएकाे एन प्याब्सन माेरङका अध्यक्ष सुनिलदत्त अधिकारी वताउँछन् ।

आयोजक भन्दा पनि अघि कार्यक्रम स्थलमा पुगे अतिथि  
बिहिबार एन प्यावसन मोरङले आयोजना गरेको खेलकुद कार्यक्रमको उद्घाटन गर्न प्रदेश नम्वर १ का गृहमन्त्री हिक्मतवहादुर कार्की तोकिएको भन्दा अगाडि नै कार्यक्रम स्थलमा आईपुगे ।

आयोजकले ११ बजे बोलाए पनि आयोजकले वोलाएको समयमा भने उनी कार्यक्रमस्थलवाट विदा भएका थिए ।
उनी कार्यक्रम स्थलमा आँउदा केहि बिद्यालयका शिक्षकहरु मात्रै कार्यक्रममा आईपुगेका थिए ।