अस्ट्रेलिया जाने विद्यार्थीलाई अब नो टेन्सन, मेलवर्न एयरपोर्टमै पाइन्छ नि:शुल्क पिकअप

  • १८ फाल्गुन २०७५, शनिबार

बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले  मेलबर्नमा नि:शुल्क पिक अपको ब्यबस्था गरेको छ ।
मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै बि.एम.डब्लुले बिगत केही बर्षदेखि यस्तो कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । हालसम्ममा यो सेवाबाट दुुई सय भन्दा बढी लाभान्वित भइसकेका छन । यो सेवा लिनको लागि सजिलो होस् भन्नका निम्ति हालसालै फेसबुक पेज पनि शुरु गरिएको छ । सो पेज Free Airport Pickup सर्च गर्दा उपलब्ध हुन्छ । मेलवर्नको एयरपोर्टमा International student? Free Airport Pickup! Don’t wait for a taxi and pay extra. Take advantage of our free pickup services.” जस्ता कुुुराहरु लेेेखिएका
बोर्डहरु समेत देख्न सकिन्छ ।
बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले अहिले यस प्रोजेक्टलाई मेलबर्नमा आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत राखेर सहयोग गरि राखेको छ।
BMW Educational Consultancy मेलबर्नका निर्देशक बिष्णु सापकोटा भन्छन्  “हामी एजुकेशन कनसल्टेन्सी भएकोले हाम्रो दायित्व नेपालमा बिद्यार्थीहरुको भिसा लगाउनेमा मात्र सिमित हुनु हुँदैन । उनीहरु बिल्कुलै फरक बातावरण भएको यस्तो सम्पन्न देशमा आइसकेपछि पनि उनीहरुले सामना गर्नुपर्ने बिभिन्न किसिमका समस्याहरुको न्यूनिकरणका लागि उनीहरुको शुरुवातीका दिनदेखि नै उनीहरुलाई आबस्यकीय सबै किसिमका सेवा सुबिधा उपलब्ध गराउनु पनि हाम्रो दयित्व हो” ।
बिएमडब्लुले अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा रहेकाहरुलाइ कामको अनुभबबारे सोध्ने र सहजीकरण समेत गर्ने र नयाँँ विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गर्न शुरु गरेको छ । हालसम्म यो सुबिधाबाट ६ सय ५१ भन्दा बढी लाभान्वित भइसकेका बिएमडब्लुले जनाएको छ । तालिमको भाग  मध्ये पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्याबस्यक जानकारी जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा केन्द्रित हुनेछ ।
यस संस्थाले अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले गत बर्षदेखि दुई हजार डलर राशीको बिएमडब्लू कप प्रदान गर्न शुरु पनि गरिसकेको छ ।
बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सी मेलबर्नका निर्देशक बिष्णु सापकोटा आफू शुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यस किसिमका नि:शुल्क सेवाहरुको ब्यबस्था गर्न आफूलाई प्रेरित गरेको बताउंछन् ।