‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पुगे नेपाली वाल कलाकार आयुष र प्रितम

  • १४ बैशाख २०७६, शनिबार

नेपालका बाल कलाकारहरु आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालन जी टिभीबाट प्रशारण भईरहेको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा  पुगेका छन् ।
बाल गायन प्रतियोगिताको रूपमा रहेको प्रतिस्पर्धामा आयुष र प्रितम टप ११ मा पुग्न सफल भएका हुन्  । गत फेब्रुअरीबाट शुरु भएको कार्यक्रममा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु सहभागी छन् । १२ वर्षका आयुष र ११ वर्षका प्रितम सहित ८ जना नेपाली वाल कलाकार अडिसनको लागि भारत गएका भए पनि अरु यसअघि नै बाहिरिइ सकेेेका छन् ।
आयुष र प्रितम  सन् २०१६ मा भएको सुरशाला जुनियर आइडलका टाइटल विजेता समेत हुन् । आयुष सिन्धुपाल्चोक घर भई हाल भक्तपुर बस्दै आएका छन् भने प्रितम सुनसरी इटहरीका हुन् ।