पहिलो बेलबारी आइडलका तिन अडिसन राउन्ड सम्पन्न, १९ प्रतिस्पर्धी छनौट

  • २१ बैशाख २०७६, शनिबार

बेलबारी नगरपालिकाको आर्थिक सहयोग र स्रस्टा समाजको आयोजनामा जारी सुर सप्तक बेलबारी आइडल २०७६ को तेस्रो तथा अन्तिम अडिसन राउन्ड सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाको हलमा शनिबार भएको तेस्रो अडिसनबाट ८ जना प्रतिष्पर्धी अर्को चरणका लागि छनौट भएका छन् । शनिबार भएको अडिसनमा बेलबारी वार्ड नम्बर १,२,३ र ४ का प्रतिष्पर्धीहरु सहभागी  थिए । सहभागी मध्ये वडा नम्बर १ बाट कुमारी विक र सारा तामाङ वडा नम्बर २ बाट अलिमा लिम्बु र उसा माझी वडा नम्बर ३ बाट रुद्र सुवेदी र लक्ष्मी पौडेल तथा वडा नम्बर ४ बाट बिवेस मोते र अविनास राई छनौट भएका छन् ।

यसअघि भएका पहिलो र दोस्रो अडिसनबाट बेलबारी नगरपालिकाका अन्य वडाबाट ११ जना प्रतिष्पर्धीहरु चयन भइसकेका छन् ।

अडिसन मार्फत सबै वार्डबाट छनौट भएका १९ जना प्रतिष्पर्धीहरुलाई नै १ महिनासम्म प्रशिक्षण दिइने छ । त्यस पश्चात उत्कृष्ट १० छनौट गरी सार्वजनिक कार्यक्रम मार्फत प्रतिस्पर्धा गराई सुर सप्तक बेलबारी आइडल छनौट गरिने स्रस्टा समाजका सचिव तथा आइडल कार्यक्रम संयोजक जे.वि. थुलुङले जानकारी दिए ।

प्रतियोगितामा संगितकर्मीहरु ध्रुुव  वस्नेत, सञ्जिव धिमाल, शेखर थापा मगर र मेखराज कार्की निर्णायक छन्  । आइडलको उपाधि बिजेताले नगद १० हजार, उपबिजेताले नगद ७ हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइलन असार दोस्रो हप्ताभित्रमा गर्ने योजना रहेको आयोजक श्रष्टा समाजले जनाएको छ ।

यो पनि ….

बेलबारी आइडलको पहिलो चरणका दुई अडिसन सम्पन्न, ११ जना छनौट

बेलबारीमा हुनेभो ‘सुर सप्तक बेलबारी आइडल’, सहभागी हुन आब्हान