भारतकै ठुलो निजी बिश्वविद्यालय एलपियूले नेपालमा खोल्यो एडमिसन अफिस

  • २२ बैशाख २०७६, आईतवार

 भारतको नीजि क्षेत्रको सबैभन्दा ठुलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले आफ्नो एडमिसन अफिस स्थापना गरेको छ । एलपयिूले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेजसँग सहकार्य गरी बागबजारमा एड्मिसन अफिस खोलेको हो ।
शनिवार आयोजित एक कार्यक्रमका बिच एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले अफिस उद्धाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै एलपियुका एडिसनल डाईरेक्टर अमन मित्तलले नेपालका विद्यार्थीहरुलाई छात्रबृत्ती दिईने तथा नेपालका विद्यार्थीकालागी यो राम्रो अवसर हुने बताए ।
कार्यक्रममा बोल्दौ भारतीय राजदुतावासका शिक्षा तर्फका द्वितीय सचिब निरज जैसवालले एलपियू नेपाली विद्यार्थीहरुका लागि निक्कै उपयोगी हुने समेत बताए ।
कार्यक्रममा बोल्दै संविधान विद तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ ल का डिन डा. विपिन अधिकारीले शिक्षाको सर्टिफिकेटले नभएर गुणस्तरले मापन हुने बताए । उनले आवस्यकता हेरेर आफ्नो लागी सहि संस्था चुन्नुपर्ने जनाए ।
नेपाल शैक्षिक परामर्श संघ का अध्यक्ष बिष्णुहरी पाण्डेले सहि सुचना र परामर्श नदिंदा समग्रमा यो क्षेत्र बदनाम भएको तर यसको वास्तविकता त्यस्तो भने नभएको बताए ।अहिले नेपालबाट सबैभन्दा बढि विद्यार्थी भारत अध्ययनका लागी गएको तर यसको तथ्याङ्क भने नरहेको उनले दाबी गरे ।