अण्डाको भाउ बढाउन सहमत भए किसान र व्यबसायी, बढ्नेभो भो मूल्य

  • ७ आश्विन २०७६, मंगलवार

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ ।
सङ्घले काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो  । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् ।
कायम भएको नयाँ मुल्य अनुसार विक्रि वितरण नगर्नेलाई कार्वाही गर्र्ने संघले जनाएको छ । मुल्य लागु गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७/७ सदस्ययी समिति गठन गरिएको छ ।
किसानहरु धेरै समयदेखि अण्डको रेट नपाएर व्यवसायी धरासीय भएको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।
नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका पाण्डेले बताए  । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष अर्जुन अर्यालले  आफै अग्रसर भएर मूल्य वृद्धि गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
अस्ति भाद्र ३१ गते संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी घट्दै २२० रुपैया पुगेको अण्डाको क्रेट रेटलाई वृद्धि गरि २५० किसान रेट कायम गरेको थियो ।