सबै सहभागीलाई उछिन्दै परिवेशले जिते इटहरी लिटिल प्रिन्सको उपाधि
- ८ आश्विन २०७६, बुधबार
ग्ल्यामरस् नेपालको आयोजनामा इटहरीमा सम्पन्न द लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा लिटल प्रिन्सको उपाधि इटहरीकै परिवेश दंगालले जितेका छन् ।
लिटिल प्रिन्स वन्न सफल परिवेशले सिनियर ब्वाइजतर्फको बेस्ट फ्रेन्डसिप र मस्ट हेन्समको हवार्ड समेत हात पारे । दुईवटा विधाका विजेता परिवेशले लिटल प्रिन्सको उपाधि जित्दा फस्ट रनर–अप सौरभ दाहाल र सेकेन्ड रनर–अप एभिन निरौला भएका छन् । फस्ट रनर–अप सौरभले बेस्ट पर्सनालिटि र सेकेन्ड रनर–अप अबिनले बेस्ट ट्यालेन्टको उपाधि पनि जिते ।
यता सिनियर गर्लस् तर्फको अवार्ड अमिरन गौतमले जितिन् भने फस्ट रनर–अप एसिका मगर, सेकेन्ड रनर–अप एक्सीना श्रेष्ठ र थर्ड रनर–अप करिना मगर घोषित भए । यस्तै जुनियर गर्लस् तर्फको अवार्ड दिब्या राउतले जितिन् भने फस्ट रनर–अप दिब्यानी रिजाल, सेकेन्ड रनर–अप जाकिया कोइराला र थर्ड रनर–अप मनिषा श्रेष्ठ घोषित भए । यता जुनियर ब्वाइजतर्फको अवार्ड अर्पण श्रेष्ठले जितेका छन् । जसमा फस्ट रनर–अप आरोहण राई, सेकेण्ड रनर–अप प्रयूश ओझा र थर्ड रनर–अप सुबोध धमला घोषित भए ।
बालबालिकाको क्षमता र व्यक्तित्व विकासका साथै उनीहरुमा लुकेर रहेको प्रतिभालाइ प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ग्ल्यामरस् नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा निर्णायकको रुपमा नेपाल जेसिज बर्ष २०१४ का राष्ट्रिय अध्यक्ष तथा यूवा व्यवसायी सुशीलबाबु श्रेष्ठको नेतृत्वमा कलाकार प्रकास घिमिरे, मोडल तथा टेलिभिजनकर्मी प्रिया रानी लामा र ब्यूटिसियन तथा सामाजिक व्यक्तित्व विजु श्रेष्ठ रहेका थिए । प्रतियोगिताको फाइनलमा प्रमुख अतिथिको रुपमा पूर्व भुमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बा र विशेष अतिथिमा इटहरी लेडि जेसिजकी अध्यक्ष सीता रसाइली तथा पूर्वाञ्चल ब्रिटिस एजुकेशन कन्सलटेन्सी इटहरीका प्रमुख नरेन्द्र दंगाल लगायत रहेका थिए ।