प्रत्यक्ष साकोसको सातौँ साधारणसभा सम्पन्न, रामकुमारी राईकै नेतृत्वमा नयाँ समिति गठन

  • ३० आश्विन २०७६, बिहीबार

केशु विरही, बेलबारी, मोरङ\लामो समयदेखि महिला शसक्तिकरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएको संस्था नारी जागरण समूह बेलबारीद्वारा संचालित प्रत्यक्ष वचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमविच आफ्नो सातौँ साधारणसभा सम्पन्न गरेको छ ।

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको आफ्नै नव निर्मित कार्यालयमा सम्पन्न साधारण सभाको उद्घाटन बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गौतमले गरेका थिए ।


कार्यक्रका प्रमुख अतिथी एवम् बेलबारी नगरपालिका २ नं वाडका वाडाध्यक्ष गौतमले समयको आवस्यक्तालाई मध्यनजर गरेर सहकारीहरुले मर्जर मार्फत पुजिलाई एकिकृत गरेर अघि बढ्न उपयुक्त हुने बताए ।

विशिष्ठ अतिथि नारी विकास संघ विराटनगरकी सरिता खनालले नारी जागरणले समाज परिवर्तनमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ शसक्त भएर अघि बढ्न आग्रह गरिन् ।


सो साधारणसभामा नारी विकास संघ विराटनगरकी सरीता खनाल, जग्गादाता माइतीसोभा राई लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा शेयर सदस्यहरुका वृद्ध आमाहरुलाई संमान गरिनुका साथै संस्थामा वर्षभरिमा उत्कृष्ट कारोवार तथा वचत गर्ने चार\चार जना शेयर सदस्यहरु र एसईईमा उत्कृष्ट अंक ल्याउने एकजना शेयर सदस्यका सन्तानलाई पुरस्कृत समेत गरिएको थियो ।

आजैको साधारणसभाले रामकुमारी राईको अध्यक्षतामा नौ सदस्सीय नयाँ कार्य समतिको समेत चयन गरेको छ ।

नवगठित कार्य समितिको उपाध्यक्षमा टीकादेवी सुनुवार, सचिव सरिता राई, कोषाध्यक्ष चिन्तादेवी उप्रेती चयन भएका छन् भने अन्य सदस्यहरुमा मैया विक, सविता गिरी, रुद्रकुमारी पाण्डे, सकुन्तला चौलागाई, गीता राई रहेका छन् ।