अस्ट्रेलियाको भिक्टोरियामा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को समिति गठन

  • २७ मंसिर २०७६, शुक्रबार

मेलबर्न /अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार र साहित्यकारहरुको भेलाले अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को भिक्टोरिया राज्य समिति गठन गरेको छ ।

इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सकृयतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, शुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न विधाका ब्यक्तिहरुको उपस्थिति थियो ।

भेलाबाट गठित समितिमा गौतम लामिछाने अध्यक्ष, पार्बती पहारी उपाध्यक्ष, बिराज थापा उपाध्यक्ष, उज्ज्वल अधिकारी सचिव, अनु पाण्डे कोषाध्यक्ष र मनोज पौडेल प्रबक्ता छन् । त्यस्तै सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन चयन भएका छन् । ओसेनिअया को-ओर्डीनेटर सुशील चालिसे संरक्षक रहेको उक्त कमिटीको अब बस्ने बैठकले संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने कमिटीका अध्यक्ष गौतम लामिछानेले बताए ।

उक्त कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई  इनासका ओसेनिया को-ओर्डीनेटर सुशील चालिसेले शपथ ग्रहण गराएका थिए  । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाली साहित्य र संस्कृतिलाई माया गर्ने कलाकारकर्मी तथा साहित्यकर्मीहरुलाई एकत्रित गर्दै  नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आएको संस्था हो । नेपाली कलाकारहरूको लागि सक्रिय रहँदै आएको यो संस्था ले ७३ देशमा शाखा बिस्तार गरिसकेको छ ।