कृषिको प्रबर्द्धन र कृषिजन्य उत्पादनमा प्रतिस्पर्धा गर्दै बेलबारी नगरपालिकाका वडाहरु

  • ३० मंसिर २०७६, सोमबार

उत्तम पोख्रेल  / मोरङ बेलबारी २ का केहि महिलाहरु उज्यालो भुईमा खसिसक्दा बारीमा आई पुगेका हुन्छन् । सामुहिक वाख्रा पालनका लागि समुह नै गठन गरेर सक्रिय भएका महिला उद्यमीहरु जग्गा लिजमा लिएर सामुहिक अभ्यास गरिहरको छन् ।

सुसिला श्रेष्ठ, गितादेवी पान्डे, मन्जु रिजाल, शोभा अधिकारी, सृर्जना ओलि गौतम, रन्जु तामाङ र शोभा तामाङ लगायतका महिलाहरुले सामुहिक बाख्रा पालन गरिरहेका हुन् ।

वडा र्यालयले सामुहिक खेति गर्ने किसानलाई सहयोग गर्न थालेपछि उनीहरु अझै उत्साहित हुंँदै ब्याबसाहिक खेतितर्फ लागेका छन् । आफै खटेर खोर वनाई सकेका छौ, मन्जु रिजालले भनिन् सात जनाको समुह वनाएर प्रतिब्याक्ति ५० हजारका दरले रकम समेत सकलन गरेका छौ ।  रिजालका अनुसार  महिला समुहले ५० वटा वाख्राका माउ पाठा पाल्ने गरी खोर निर्माण गरि सकेको छ । वडाले सामुहिक खेतिगर्नेलाई प्रोत्सान गर्ने भएपछि वाख्रा पालनका लागि सक्रिय भएर लागि परेको रिजालले बताईन् ।

बेलबारी नगरपालिका वडा २ को कार्यालयले ३ वटा समुहलाई वाख्रा, ४ वटा समुहलाई बगुर र एउटा समुहलाई तरकारी खेति गर्न प्रोत्साहन गरेको छ । प्रति समुह २ लाख रुपैयाका दरले सहयोग गरिएको वडा अध्यक्ष घनश्याम गौतमले बताए । कृषकहरुलाई प्रोत्साहन गर्न सहयोग गरीएको उनले बताए ।

सात जना भन्दा बढिको समुह बनाएर आएका कृषकहरुलाई प्रोत्साहन गरीएको वडाध्यक्ष गौतमले  बताए । वाख्रा पालन गर्ने समुहहरुले जग्गा लिजमा लिएर ब्यासायिक खेतिमा लागेका छन् वडा अध्यक्ष गौतमले भने ‘केहिले वाख्रानै किनिसके, केहिले खोर निर्माण गरिहरहेका छन् । ‘

उत्पादनमा प्रतिस्पर्धा गर्दै प्रत्येक वडा

बेलबारी २ मात्र होइन, गरपालिकाले एक वडा एक उत्पादनमा जोड दिएपछि वडाहरु आ-आफना वडामा कृषिजन्य उत्पादनका लागि प्रतिस्पर्धा गर्न थालेका छन् ।

बेलबारी १ र २ वडामा मासुमा आत्म निर्भर बनाउने उदेश्यका साथ बाखा्र पालनमा जोड दिएको छ भने ३ ले कागति खेतिमा जोड दिएको छ । १५ सय परिवारलाई ३ हजार कागतिको विरुवा कृषकलाई वितरण गरेको छ ।

त्यसैगरी ४ नम्बर वडाले सुपारीको जोनका रुपमा विकास गर्ने गरी काम गरीरहेको नगरपालिकाले जनाएको छ । १० हजार विरुवा उत्पादन गर्ने गरी सुपारीको दल राखिएको छ ।

वडा नम्बर ५ ले आपलाई जोड दिएको छ भने ७ ले दुग्घ उत्पादनका लागि जोड दिएको छ । त्यस्तै ९ नम्बर वडाले लिचि जोन कार्यक्रमका लागि २ हजार विरुवा कृर्षकलाई वितरण गरेको छ । कृषकलाई परम्परागत खेति भन्दा आधुनिक खेतिका लागि प्रोत्साहन गर्ने काम गरीरहेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए ।