आफ्नै माटोमा पौरख खोज्दै बिदेशवाट फर्केका युवा, प्रोत्साहन गर्दै बेलबारी नगरपालिका

  • २७ फाल्गुन २०७६, मंगलवार

उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाले प्रोत्साहन गर्न थालेसगै ब्यबसायिक कृषितिर बिदेश गएर फर्केका युवाहरुको आकर्षण बढ्न थालेको छ ।

आफनो भविष्य खोज्दै बिदेशमा जाने युवाहरु स्वदेश फर्केपछि  आफनै देशमा दिगो आम्दानीका लागि ब्याबसायिक पशुपालनमा लागिरहेका छन् ।
बाहुनीका सन्देश खत्रीले विगत आठ दश बर्षमा तिन वटा देश  चाहारे । विभिन्न कम्पनीमा काम गरेका उनले अहिले घरमै वसेर बिदेशको कमाई भन्दा राम्रो आम्दानी गरीरहेका छन् । लामो समय अर्काको देशमा पसिना बगाइयो, खत्रीले भने ‘बिदेशमा समेत कमाई नभएपछि नेपालमा आएर गाइपालन गरेको हुंँ ।’ अहिले आफ्नो गोठमा प्रन्ध्रवटा जर्सी गाइ भएको र दैनिक १ सय लिटरसम्म दुघ बेचिरहेको उनलेे बताए  ।  केहि गाई ब्याउने भएका र केहि गाई थाकौटा भइसकेका उनले बताए ।

डेढ बिघा जग्गामा बहुवर्षे घाांँस तथा अढाई बिघामा सिजन अनुसारको घांँस लगाउने गरेको उनी बताउछन् । एक जनालाई रोजगारी समेत दिएको उनले सुनाए ।
बिदेशमा जाने युवाहरुको कमाई जग्गा किन्न तथा घर बनाउन प्रयोग भएको पाईन्छ । तर मोरङमा भने केहि युवाले बिदेशको कमाई ब्याबसायिक पशुपालमा लगानि गरेर मासिक आमदानीको स्रोत बनाईरहेका छन् । खाडीमुलक वाट फर्केर आफनै माटेमो पौरख गरेर केहि युवाले मासिक लाखौ रुपैयांँ आमदानी गरीरहेका छन् ।

मोरङ बेलबारी ७ का सुरेन्द्र कार्की पनि बिदेशबाट आएर आफ्नै माटोमा आफ्ना पाखुरा बजारी रहेका छन् । बिदेशमा भन्दा नेपालकै कमाई राम्रो भइरहेको उनी बताउंँछन् । दैनिक ५० देखि ६० लिटरसम्म दुध बेचेर तिन बर्षमा इटहरीमा भिटा किनेको उनले सुनाए । घर परिवार भन्दा वाहिर बस्दा समेत कमाई गर्न सकिन कार्कीले अहिले बर्षमा ५ लाख सम्म आम्दानी गर्ने गरेको उनी बताउंँछन् । गर्न सक्दा नेपालमै सुन फल्छ भन्थे अहिले आफ्ना लागि त्यस्तै भएको सुनाउंँछन् । मलेसियामा ६ बर्ष सउदी २ बर्ष बिताएका कार्की दुध बेचेर नै राम्रो आम्दानी गर्न थालेपछि बिदेशको माेह हटेको बताउंँछन् ।
यस्तै कतारमा ४ बर्ष काम गरेका मंजुल लिम्बुले सुंँगुर पालन गर्न थालेका छन् । ४ बर्ष सम्म कतारमा बस्दाको पिडा सम्झदै मन्जुलले भने बिदेश जाँदा लाग्ने खर्चले चार बर्ष अघि नै यहाँ लगानी गरेको थिएंँ भने राम्रो आम्दानी गर्ने थिए । १५ माउबाट बच्चा उत्पादन गरेर बेच्ने गरेको उनी बताउंँछन् । एउटा बच्चा ६ हजार भन्दा माथिको बिक्री हुने गरेको उनी बताउंँछन् ।
दश बर्षे जनयुद्धका बेेल  बिदेश गएका युवाहरु आफनै ठाँउमा लगानी गरीरहेका छन् । बिदेशबाट फर्केर नेपालमै कृषि तथा पशुपालनमा लाग्ने युवाहरुलाई प्रोत्सान गर्ने जस्ता कार्यक्रमहरु स्थानिय तहहरुले ल्याएपछि हौसला समेत थपिएको छ । बिदेशबाट आउने युवाहरुलाई ‘गरिवसँग नगरपालिका’ कार्यक्रमनै दिएर प्रोत्साहन गर्ने गरेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले बताए ।