४ सयभन्दा बढी कृषकलाई बेलबारी नगरपालिकाले बांँढ्यो धानको विउ 

  • २ जेष्ठ २०७७, शुक्रबार

उत्तम पोख्रेल, बेलबारी /बेलबारी नगरपालिकाले लकडाउनको समयमानै कृषकहरुलाई धानको विउ बितरण गरेको छ ।

९ हजार ७ सय ४५ किलोग्राम धानको विउ ५० प्रतिशत अनुदानमा बितरण गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सुवेदीका अनुसार ४ सय कृषकलाई धानको विउ बितरण गरीएको छ । विउ बिजन अभाव भएकै कारणले कृषकले खेतवारी बाझै राख्नु नपरोस भनी बिउ बितरण गरीएको उनले बताए ।
राधा १२,साम्बा सब १,कान्छी मन्सुलि, सुख्खा ३ र स्वर्णसव १प्रजातिका धानको विउ बितरण गरीएको नगरपालिकाका कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए । तिन बर्ष सम्म अहिले बितरण गरेको धान बाट बिउ उत्पादन गर्न सकिने दाहालले बताए । उनका अनुसार खेतिमा आश्रित हुने कृषकलाई मल बिउ बितरण गरीएको हो ।
बिउ पाएपछि कृषक समेत खुसि भएका छन । समयमै बिउ प्राप्त भएकोले खेतिगर्न सहज हुने कृषक हरी कार्कीले बताए ।
एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आतमनिर्भर बनाउन तरकारी, फलफुल, कृषि औजारहरु समेत बितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल कृषि अनुसनधान परिषद तरहरा सुनसारी बाट बिउ ल्याएर बितरण गरेको हो ।