कृषकहरुलाइ कागती लगायत विभिन्न फलफूलका विरुवा वितरण गर्दै बेलबारी नगरपालिका

उत्तम पोख्रेल

  • ९ जेष्ठ २०७७, शुक्रबार

मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाइ मेवा, केरा, सजिवन तथा कागतिका विरुवा वितरण सुरु गरेको छ ।

कृषकहरुलाई ब्याबसायिक बनाउने उदेश्यका साथ नगरपालिकाले निशुल्क बिरुवा वितरण गर्न सुरु गरेको हो । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीकाा अनुसार एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषकहरुलागि टिस्युकल्चर प्रविधिबाट उत्पादन भएका विरुवा वितरण गरेको हो । टिस्यु कल्चर प्रविधिबाट उत्पादन भएका विरुवाहरु राम्रो उत्पादन दिने तथा लामो समयसम्म टिक्ने बेलबारी नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए ।

नगरपालिकाले कृषकहरुलाई ४ हजार ६ सय मेवा वितरण गरीसकेको छ भने ८ हजार केरा तथा २५ सय सजिउन र २ नम्बर वडाले १ हजार १ सय कागतिका विरुवा वितरण गर्ने तयारी गरेका छन्  । बितरण गरिएका विरुवाले १३ बिगाहा भन्दा वढी क्षेत्रफलमा खेति गर्न सकिने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।