बेलबारी नगरपालिकाद्वारा कृषकहरुलाई उन्नत जातका केराका विरुवा बितरण

  • २ असार २०७७, मंगलवार

मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई उन्नत जातका केराको विरुवा बितरण गरेको छ ।

कृषकहरुलाई आज उपमेयर ढाका कुमारी पराजुलीले ती टिस्यु कल्चर प्रविधिबात तयार पारिएका उन्नजातका केराको विरुवा वितरण गरेकी छिन् ।

यसअघि नगरपालिकाले मेवा तथा कागतिको विरुवा वितरण गरेको थियो । एक वडा एक उत्पादनको निति लिएर विभिन्न प्रजातिका तरकारी तथा फलफुलका विरुवाहरु नगरपालिकाले बितरण गरीरहेको उपमयर पराजुलीले बताइन् ।

टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरीएका ७ हजार विरुवा बितरण गरीएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद दाहालले जानकारी दिए ।