सहारा र ह्याविटेड नेपालसँगको सहकार्यमा बेलबारी नगरपालिकाले बिपन्नका लागि बनाइदियो १ सय १ घर

  • १९ भाद्र २०७७, शुक्रबार

उत्तम पोख्रेल / मोरङको बेलबारी नगरपालिकाले दुुईवटा संंस्थासँँगको सहकार्यमा कमजोर आर्थिक अवस्था भएका असहाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि १ सय १ वटा घर बनाइ दिएको छ ।
बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिएको हो ।
नगर प्रुमख ज्ञानेेेन्द्र  सुुुुवेदीका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ गरी जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् ।
नगरपालिकाले  निशुल्क घरहरु निर्माण गरिदिएपछि लाभग्राहीहरु हर्षित भएका छन् । पहिला बांँसका भटा टाटी प्रयोग गरेर बनाएको घरमा बस्ने गरेकी बेेेलबारी ४ की सिता राइ अहिले चिटिक्क परेको घरमा बस्न पाएकोमा दंग छिन् । १५ दिनदेखि ननगरपालिकाले बनाइ दिएको घरमा बसेकी राई मात्रै होइन, अहिले नयांँ घरमा   बस्न पाउने सबै खुशी छन् ।    नगरपालिकाले बनाइदिएका प्रत्येक घरमा बरण्डा र तीन वटा कोठा र गाढा निलो रङको टिनको छानो लगाइएको छ । ‘हामीले यति राम्रो घर बस्न पाउंँछौ जस्तो लागेको थिएन, अहिले भने हाम्रो देशमा सरकार छ भन्ने लाग्यो’ बेलबारी ४ कै असित राईले भने ‘नगरपालिकाले हाम्रा लागि ठुलो सहयोग गर्यो । ‘
नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरी जम्मा २ लाख ५० हजार रुपैयाँमा  घर बनाई दिइएको नगर उप प्रमुख ढाकाकुमारी पराजुलीले बताइन् ।