चर्चित बन्दै चलचित्र ‘झिंगे दाउ’को गीत “आगो बिना बिँडी जल्दैन”

  • ४ श्रावण २०७९, बुधबार

चलचित्र ‘झिंगे दाउ’को शीष गीत “आगो बिना बिँडी जल्दैन“ सार्वजनिक भएसँगै चर्चित बनेको छ ।

ओएसआर डिजिटल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन । “आगो बिना बिँडी जल्दैन”बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारले स्वर दिएका छन् ।

कपनगडी सिनेमा र फिल्म क्यु नेपालको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित) को छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।

भिमनिधि तिवारीको कथामा आधारित चलचित्र ‘झिंगे दाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् । यसको मिडिया पार्टनर नेपाल न्यूज बैंक रहेको छ । चलचित्र ‘झिंगे दाउ’ यही भदौँै १७ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।