प्रतिनिधिसभाका १२९ क्षेत्रको मतगणना चल्दै, ५० प्रतिशतमा सत्ता गठबन्धनको अग्रता

  • ६ मंसिर २०७९, मंगलवार

मतगणना जारी रहेका १२९ निर्वाचन क्षेत्रमध्ये ६५ वटामा सत्ता गठबन्धन अगाडि छ भने एमाले ३५ सिटमा अग्रस्थानमा देखिएको छ ।

मंगलबार बिहानसम्मगणना जारी रहेको क्षेत्रको मात्र हिसाब गर्दा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल सत्ता गठबन्धन ५०.४ प्रतिशत सिटमा अगाडि देखिएको छ ।

मतगणनामा एमाले ३५ सिटमा अग्रस्थानमा छ । ललितपुर-२ मा एमालेका प्रेम महर्जन १५०२५ मत ल्याएर बिजयी भएका छन् ।

यसपटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ६.२ प्रतिशत सिटमा अगाडि छ। स्वतन्त्र पार्टीले ८ सिटमा अग्रता लिइरहेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सिटमा अग्रता कायम गरेको छ।

मतगणना जारी भएका क्षेत्रमध्ये ४.७ प्रतिशत सिटमा राप्रपा अगाडि छ। अन्य विभिन्न दलहरू ११.६ प्रतिशत सिटमा अगाडि छन् ।

तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने एमालेले एउटा क्षेत्र जितेको छ । कांग्रेसले मनाङ, मुस्ताङ र काठमाडौं–१ मा र एमालेले ललितपुरमा जितेको हो।

मनाङबाट टेकबहादुर गुरूङ निर्वाचित भएका छन् । त्यस्तै मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका छन् । काठमाडौं-१ बाट कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । उनले राप्रपाका रबिन्द्र मिश्रलाई झिनो मतान्तरले जिते ।