पुनःनिर्माणका नाममा पैसा नउठाउन बेलबारी नगरपालिकाको आग्रह

  • ४ आश्विन २०८२, शनिबार

बेलबारी नगरपालिकाले पुनःनिर्माणका नाममा रकम संकलन नगर्न आग्रह गरेको छ ।
नगरपालिकाले एक बिज्ञप्ति प्रकाशित गरी भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नगरपालिका सहित अन्तर्गतका कार्यालयहरूमा भएको भौतिक क्षतिको पुनःनिर्माणका नाममा रकम संकलन भइरहेको भन्ने सूचना आएपछि त्यस्तो नगर्न आग्रह गरेको हो ।
क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बेलबारी नगरपालिकाबाट कुनै पनि संगठन, समूह, संस्था वा व्यक्तिलाई रकम संकलन गर्ने अनुमति वा निर्णय नभएको बिज्ञप्तिमा उल्लेख छ
। प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले विज्ञप्ति जारी गर्दै नगरपालिकाको लागि रकम संकलन भइरहेको भनी भ्रममा नपर्न नगरबासीलाई आग्रह गरेका छन् । बिज्ञप्तिमा नगरपालिकाले पुनःनिर्माणका सबै प्रक्रिया आधिकारिक ढंगले मात्र अघि बढाउने दाबी गरिएको छ ।
यसअघि बेलबारी ८ लगायत केहि स्थानमा पुनर्निर्माणका नाममा विभिन्न ब्यक्तिहरुले रकम संकलन गरिरहेको समाचार सार्वजनिक भएको थियो ।