सामाजिक ब्यक्तित्वहरु सहित बेलवारीले एकैपटक गुमायो चारजना

  • ४ आश्विन २०८२, शनिबार

बेलबारीले एकैपटक चारजना सामाजिक ब्यक्तिहरु गुमाएको छ ।
असोज २ गते अर्थात बिहीबार साँझ लगभग एकै समयमा बेलबारी -३ निबासी शेषराज घिमिरे बेलबारी २ लालभित्तीका हाेमबहादुर पिठाकाेटे मगरकाे निधन भएको छ । पुर्व प्रहरी रहेका दुवैजना मध्ये घिमिरे विभिन्न संघ संस्था मार्फत सामाजिक क्षेत्रमा सक्रिय थिए । नेपाली कांग्रेसमा आवद्ध घिमिरेले पछिल्लो समय लोहोन्द्रा गंगाधाम निर्माण समितिमा रहेर महत्वपूर्ण योगदान गरेका थिए । घिमिरे बेलबारी भोजपुर सेवा समितिका अध्यक्ष समेत हुन् ।
पिठाकोटे भुतपुर्व सैनिक-प्रहरी संघ मार्फत संचालित बेतना सेक्युरिटी सर्भिस र पुष्पान्जली सहकारीको ब्यबस्थापनमा सक्रिय थिए ।
त्यसैगरी बेलबारीका हरि चेम्जोङ, र निर्मल श्रेष्ठको पनि निधन भएको छ । उनीहरू पनि सामाजिक रूपमा परिचित ब्यक्तिहरु थिए ।