आफैंले बनाएको नयाँ घाटमा पहिलोपटक जलाइए बेलबारीका शेषराज!

  • ५ आश्विन २०८२, आईतवार

मोरङ बेलबारी ३ का सामाजिक ब्यक्तित्व शेषराज घिमिरेकाे प्रहरी सलामी सहित अन्त्येष्टि गरिएको छ ।
हालसालै निर्माण सम्पन्न भएको लोहोन्द्रा गंगाधामको निर्माण समिति सचिव रहेका घिमिरे आफैले बनाएको नयाँ घाटमा जल्ने पहिलो ब्यक्ति बन्न पुगे ।
भुतपुर्ब प्रहरी समेत रहेका ६० बर्षिय घिमिरे भोजपुरबाट बसाँई सरी बेलबारी ३ मा बसोबास गर्दै आएका थिए । बेलबारीका दर्जनौ सामाजिक संघसंस्थामा आबद्ध रहेका कांग्रेसमा आबद्ध उनी हक्की तर मिलनसार स्वभावका थिए ।
उनको अन्तिम संस्कारमा ईलाका प्रहरी कार्यलय बेलबारीबाट असईको कमाण्डमा रहेको टोली र भुतपुर्ब सेना प्रहरीका संघ संगठनले अन्तिम सलामी अर्पण गरेका थिए ।
उच्च रत्तचापका कारण असोज ३ गते बेलुका उनको निधन भएको थियो । उनका एक श्रीमती,एक छोरा र एक छोरी रहेका छन । छोराछोरी बिदेशमा रहेका कारण उनीहरु नेपाल फर्किएपछि शनिबार उनको अन्तिम संस्कार गरिएको हो ।